महेन्द्रनगर, २४ भदौ
भीमदत्त नगरपालिका वडा नं. १२ ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा हाजिर जवाफ प्रतियोगिता गरिएको छ । भीमदत्त नगरपालिका नमूना युवा संसदले वडाका जनप्रतिनिधिहरुको सहभागिता कार्यक्रम गरेको छ ।
नमूना युवा संसद भीमदत्त नगरपालिकाका प्रधानमन्त्री नितेश रावलको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा न १२ का वडा सदस्य डम्मर भट्ट, नमूना संसदका खेलकूद मन्त्री महेश भट्ट, स्वास्थ्य, मन्त्रि अनिल जोशी, वन मन्त्रि रमेश प्रसाद जोशी लगायत संसदहरु सहभागी हुन भएको छ ।