• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

बङ्गलादेश जान लागेका कबड्डी खेलाडीहरुलाई भीमदत्त नगरपालिकाको शुभकामना

Byभीमदत्त अनलाइन

३ जेष्ठ २०८१, बिहीबार ०६:२५ ३ जेष्ठ २०८१, बिहीबार ०६:२५ ३ जेष्ठ २०८१, बिहीबार ०६:२५

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बङ्गलादेश जान लागेका कबड्डी खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको छ ।

बङ्गलादेशको ढाकामा जेठ १३ गते देखी २१ गते सम्म सञ्चालन हुने बङ्गबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा सहभागी हुने नेपाली टिमका खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।

नगरप्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशीले खादा, अविर लगाएर सम्मान तथा विजयका लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

खेलाडीहरुलाई शुभकामना दिदैँ नगर प्रमुख बोगटीले नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उक्त कबड्डी टिमको छनौट तथा प्रशिक्षण भीमदत्त नगरपालिका–४ स्थित कबड हलमा सम्पन्न भएको कबड्डीका राष्ट्रिय प्रशिक्षक विष्णुदत्त भट्टले बताउनुभयो ।

यस्तै बैशाख २९ गते देखी जेठ १ गते सम्म सप्तरीमा सञ्चाल भएको महिला राष्ट्रिय कबड्डी प्रतियोगिता–२०८१ मा तितृय स्थान हासिल गरेको सुदूरपश्चिम प्रदेश टिमका खेलाडीहरुलाई समेत बधाई तथा सम्मान गरिएको छ ।

भीमदत्त नगरपालिकाले कबड्डीको विकासका लागि निरन्तर सहयोग गर्दै आइरहेको भन्दैँ प्रदेश टिमका सबै खेलाडी भीमदत्त नगरपालिकाकै रहेका सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष तथा राष्ट्रिय कबड्डीका टिम व्यवस्थापक महेश चन्दले बताउनुभयो ।

उक्त कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कबड्डीक प्रशिक्षक, टिम व्यवस्थापक, खेलाडीहरु लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *