• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

बडैपुरमा देउडा समापन

Byभीमदत्त अनलाइन

१५ भाद्र २०७६, आईतवार २०:३५ १५ भाद्र २०७६, आईतवार २०:३५ १५ भाद्र २०७६, आईतवार २०:३५

महेन्द्रनगर, १५ भदौ
भीमदत्त नगरपालिका वडा नं. १३ बडैपुरमा आयोजना गरिएको देउडा प्रतियोगिता सकिएको छ । भीनपा–१३ वडा समितिले आयोजना गरेको प्रतियोगितामा वडाभित्रका ६ टीमले भाग लिएका छन् ।

भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख नगर उप प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रममा प्रथम, द्वितीय र तेस्रोका लागि प्रतिस्पर्धा गरिएको छ ।

तीन दिनसम्म चलेको प्रतियोगितामा लक्ष्मी नगर टोल प्रथम, प्रगति आमा समूह द्वितीय र हात्तीसार बचत आमा समूह तृतीय भएका छन् । विजयी टीमलाई क्रमशः नगद २० हजार, १५ हजार १० हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कार्य वाहक नगर प्रमुख चन्दले विजयी टीमहरुलाई पुरस्कार र प्रशंसा पत्र वितरण गर्नु भयो ।
सो अवसरमा कार्य वाहक नगर प्रमुख चन्दले देउडा सुदूरपश्चिमको मौलिक संस्कृति भएकाले यसको संरक्षण तथा संवद्र्धनमा सबैको भूमिका हुनु पर्नेमा जोड दिनु भयो ।

‘देउडा सुदूरपश्चिमको मौलिक संस्कृति हो, पहिचान हो, यसको संरक्षण र संवद्र्धनमा सबै पक्षको भूमिका आवश्यक छ’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो,‘वडा कार्यालयले संस्कृति संरक्षणको कार्य गरेकोमा नगरपालिका र व्यक्तिगत रुपमा धन्यवाद दिन चाहन्छु ।’

कार्य वाहक नगर प्रमुख चन्दले देउडाबारे नयाँ पुस्तालाई जानकारी गराउन प्रतियोगिता मुलक कार्यक्रम फलदायी हुने भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

वडा अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रतियोगितामा सहभागी टीम, देउडिया, निर्णायक मण्डल, स्वमय् सेवक लगायतका प्रशंसा पत्र प्रदान गरिएको छ । वडा अध्यक्ष शाहीले संस्कृति जोगाउन प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै आगामी वर्ष पनि यसलाई निरन्तनरता दिने बताउनु भयो । गत वर्ष पनि वडामा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिताका मुख्य निर्णायक मण्डलका संयोजक भोजराज भट्टले सबै टीमहरुको प्रदर्शन उत्कृष्ठ रहेको बताउनु भयो । संयोजक भट्टले विजयी टीमहरुको नाम घोषणा गर्नु भयो । युवा समाजसेवी महेशदत्त भट्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

७३८२९३ पदम ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *