• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

बनगाउँमा तीज विशेष कार्यक्रम

Byभीमदत्त अनलाइन

१४ भाद्र २०७६, शनिबार १४:१४ १४ भाद्र २०७६, शनिबार १४:१४ १४ भाद्र २०७६, शनिबार १४:१४

महेन्द्रनगर, १४ भदौ
भीमदत्त नगरपालिका वडा नं. ५ बनगाउँमा हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम गरिएको छ । भीनपा वडा नं. ५ वडा समितिले तीजको अवसर पारी सत्यवादी माध्यमिक विद्यालयमा कार्यक्रम गरेको छ ।

वडा सदस्य राधिका थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख नगर उप प्रमुख सुशिला चन्द सिहले चन्दले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्नु भयो । सो अवसरमा कार्यवाहक नगर प्रमुख चन्दले तीजको अवसरमा सबैमा सुस्वास्थ्य, प्रगतिको शुभ कामना व्यक्त गर्नु भयो ।

कार्य वाहक नगर प्रमुख चन्दले चाडवाडको मौलिक विशेषता भएकाले त्यसै अनुसार मनाउनु पर्ने उल्लेख गर्दै चाडवाडका नाममा विकृति भित्रिन दिन नहुने बताउनु भयो । ‘चाडवाडको साँस्कृतिक महत्व छ, मौलिक विशेषता छ्, त्यसैका आधारमा सबैले आपशमा भातृत्व, सम्बन्ध हुने गरी मनाउनु पर्छ,’ कार्य वाहक नगर प्रमुख चन्दले भन्नु भयो,‘त्यसका नाममा विकृतिलाई टेवा पुग्ने हरेक कार्यलाई निरुत्साहित गर्नु पर्छ ।’

हरितालिका तीजलाई भड्किलो नबनाउन समेत कार्य वाहक नगर प्रमुख चन्दले सबैमा आग्रह गर्नु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष मदन बहादुर चन्दले तीजको शुभ कामना व्यक्त गर्नु भयो ।

भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्यहरु सरस्वती रावल, कमला देबकोटा, वडा नं. ५ का वडा सदस्यहरु भीम बहादुर ठकुराठी, सुरेश घटाल, देबकी लुहार, वडा नं. १७ का वडा सदस्य चन्द्रकला पाठक, वडा नं. ६ का वडा सदस्य सुनकेस्रा नेपाली लगायतका सहभागी भएका छन् । राधिका पन्तले कार्यक्रम सञ्चालन गरेको उद्घाटन कार्यक्रमपछि कार्य वाहक नाचगान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *