• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

बागफाँटाको वस्ती हस्तान्तरण कार्यक्रममा भीमदत्तका मेयरको प्रशंसा

Byभीमदत्त अनलाइन

४ माघ २०७६, शनिबार २०:०२ ४ माघ २०७६, शनिबार २०:०२ ४ माघ २०७६, शनिबार २०:०२

महेन्द्रनगर, ४ माघ
भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री पदमा अर्यालले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बागफाँटास्थित मुक्त हलिया वस्ती व्यवस्थित बनाउन सहयोग गरेको भन्दै प्रशंसा गर्नु भएको छ । भीनपा १९ बागफाँटास्थित व्यवस्थित वस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री अर्यालले नगर प्रमुख विष्टले पूर्वाधार निर्माण गरी वस्ती व्यवस्थित बनाउन सहयोग गरेकामा प्रशंसा गर्नु भयो ।

‘यो वस्तीमा गत साल निरीक्षण गर्न आएको थिए, अहिले आएर वस्तीमा नाली निर्माण गरिएको छ, बाटो बनेको छ, धारा बनाइएको छ, ग्राभेलिङ्ग गरिएको छ’ मन्त्री अर्यालले भन्नु भयो,‘यो कार्यका लागि यो नगरका नगर प्रमुख सुरेन्द्र विष्टलाई धन्यवाद दिन चाहन्छु, अझै वस्तीमा पूर्वाधार बनाउन वहाँलाई आग्रह गर्न चाहन्छु ।’

मन्त्री अर्यालयले नगर प्रमुख विष्टले वस्तीमा पूर्वाधार निर्माण देखाएको सक्रियताले आफू अर्को पटक आउँदा वस्तीमा कालोपत्रे सडक निर्माण हुने विश्वास व्यक्त गर्नु भयो । ‘वस्तीमा यति काम भएका छन्, अब म अर्को पटक आउँदा सडक कालोपत्रे हुन्छ, हिँड्ने गरी आउँन पर्दैन भन्ने आशा छ’ मन्त्री अर्यालले भन्नु भयो ।

बागफाँटामा मुक्त हलिया वस्ती पुनस्र्थापन कार्यक्रमलाई नगर प्रमुख विष्टले सुरुदेखि सहयोग गर्दै आउनु भएको छ । यस वर्ष वस्तीमा नाली सहितका पूर्वाधार निर्माण गरिएका छन् । मन्त्री अर्यालले नगर प्रमुख विष्टले वस्तीलाई सुन्दर बनाउन अघि सारेको योजनाको समेत प्रशंसा गर्नु भयो । अघि वहाँ नगर प्रमुखले हरियाली देख्न पाइयोस, फूल फुलेको देख्न पाइयोस भनेर जुन योजना सुनाउनु भयो, राम्रो छ, तपाईहरुले पनि वहाँलाई नमूना वस्ती बनाउने कार्यमा सहयोग गर्नु हुने आशा छ’ मन्त्री अर्यालले भन्नु भयो । 

मन्त्री अर्यालले बागफाँटामा पुनस्र्थापन गरिएका तीन दर्जन मुक्त हलिया परिवारलाई घर हस्तान्तरण गर्नु भयो । वस्तीका ज्येष्ठ सदस्य धनीराम लुहारको परिवारलाई घरको चावी हस्तान्तरण गरी गृह प्रवेश गराउनु भयो । कार्यक्रममा नगर प्रमुख विष्टले वस्तीलाई नमूना बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने बताउनु भयो ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज पूर्व मन्त्री भानुभक्त जोशी, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्ट, क्षेत्र नं. २ का साँसद नर बहादुर धामी, भीमदत्तका नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य, पूर्व सभासद् हरि श्रीपाइली लगायतले आ–आफ्ना धारणा राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *