• Mon. Nov 4th, 2024

बाल दिवसमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

Byभीमदत्त अनलाइन

२९ भाद्र २०७६, आईतवार २१:०० २९ भाद्र २०७६, आईतवार २१:०० २९ भाद्र २०७६, आईतवार २१:००

महेन्द्रनगर, २९ भदौ
भीमदत्त नगरपालिकाको नमूना युवा संसदले महाकाली अञ्चल बाल अनाथालयका बालबालिकालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । बाल दिवसको अवसरमा आइतबार बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामीको उपस्थितमा नमूना संसदले एक क्विन्टल चामल सहयोग गरिएको युवा संसदका सभामुख बाशुदेव भट्टले बताउनु भयो । यसैगरी बालबालिकालाई झोला समेत वितरण गरिएको छ ।

कार्यक्रममा नूमना युवा संसदका राष्ट्रपति महेन्द्रा भट्ट, प्रधानमन्त्री नितिश रावल, सभामुख बासुदेब भट्ट, खेलकूद मन्त्री महेश भट्ट सहित भीनपा वडा नं. १८ का वडा सदस्य प्रशान्त भट्ट, ८ का वडा सदस्य खगेन्द्र विष्ट लगायत संसदका मन्त्रीहरु, अनाथालयका पदाधिकारी, अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्द लगायतका सहभागी हुनु भएको छ । भीनपा वडा नं. ६ का अध्यक्ष धामीले बाल दिवसको अवसरमा युवा संसदले गरेको कार्यक्रम सराहनीय भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *