• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

ब्रम्हदेवमा बहुसांस्कृतिक संग्रहालय

Byभीमदत्त अनलाइन

२३ जेष्ठ २०७७, शुक्रबार १३:१२ २३ जेष्ठ २०७७, शुक्रबार १३:१२ २३ जेष्ठ २०७७, शुक्रबार १३:१२

महेन्द्रगर, २३ जेठ
भीमदत्त नगरपालिका वडा नं ९ को ब्रम्हदेवमा बहुसांस्कृतिक संग्रहालय भवन निर्माणको कार्य अगाडी बढाईएको छ । नगर क्षेत्रमा बसोवास गर्ने सबै जातजातीको सांस्कृतिक सभ्यतालाई एकै थलो बाट प्रर्दशन गराउने उद्देश्यले संग्रहालय निर्माणको कार्यलाई अगाडी बढाईएको हो ।

नयाँ शहर आयोजना कार्यक्रम अन्र्तगत दुई करोड ८० लाखको लागतमा भवन निर्माणको कार्य गरिएको छ । वाइआर कन्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको छ । आउदो कात्तिक महिना भित्रै भवन निर्माण गरि सक्नु पर्ने सम्झौता अनुसार निर्माण अघि बढेको छ ।

संग्रहालयको भवन आधुनिक शैलीमा निर्माण हुने छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सबै जानकारी संगहालयको सुविधा सम्पन्न भवन बाटै उपलव्ध गराईने गरी व्यवस्था गरिने छ ।” भवन निर्माणको झण्डै ५० प्रतिशत निर्माण कार्य पुरा भएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक नगर क्षेत्रमा बसोवास गर्ने सबै जातजातीका सांस्कृतिक कलालाई एकै ठाउमा देख्न पाईने छ ।

ब्रम्हदेव एतिहासिक, सांकृतिक र धार्मिक केन्द्रका रुपमा परिचित रहेको छ नगर प्रमुख सुरेन्द्र बिष्टले भन्नु भयो, “यस क्षेत्रको महत्व दर्शाउने कला संस्कृतिसंगै नगर क्षेत्र भित्र बसोवास गर्ने समुदायका कला संस्कृति,रहन सहन र परम्परागत शैलीलाई प्रदर्शित गराउने लक्ष्य सहित बहुसांस्कृतिक संग्रहालय निर्माणको कार्य अगाडि बढाईएको छ । जसबाट यस क्षेत्रको महत्व त बढछ नै । आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ सम्म पु¥याएर कला संस्कृतिबारे जानकारी दिने कार्य समेत हुन्छ ।”

संग्रहालय भवनमा डोटेली संस्कृति, परम्पारगत सभ्यता संग सम्बन्धित बस्तुहरु संगै राना थारु, डगौरा थारु, राउटे, राजी, सुनाहा लगायत समुदायका संस्कृति संग सम्बन्धित बस्तुहरु राख्ने योजना नगरपालिकाको रहेको छ ।

लोप हँुदै गएका पहिरन, गहना, कला संस्कृति र रहनसहन, रीतिरिवाजसंग सम्बन्धित बस्तुहरु संग्रहालयमा राख्नका लागि योजना बनाईएको छ वडा अध्यक्ष राम नाथले भन्नु भयो, “ पर्यटकीय क्षेत्र बारे जानकारी दिने कार्य संगै पर्यटकलाई आवश्यक अन्य सुविधा समेत संग्रहालय भवन बाट प्रदान गरिने छ ।”

ब्रम्हदेव एतिहासिक ठाउका रुपमा रहेको छ । राज ब्रम्हेवले राज्य गरेको भूमि, भीमदत्त पन्तको नुन काण्डले परिचित ठाउ, सुदूरपश्चिम प्रदेशको प्राचिन व्यापारिक केन्द्र र भारतीय पर्यटकको गन्तव्यका रुपमा ब्रम्हदेव परिचित रहेको छ । सिद्धबाबाको दर्शनका लागि बर्षेनी हजारौं भारतीय दर्शनार्थी यस क्षेत्रमा पुग्ने गर्दछन ।

रतीय निकटबर्ती टनकपुरमा रहेको पूर्णागिरीको दर्शन गरेपछि सिद्धवावाको दर्शन गर्नु पर्ने धार्मिक मान्यताका कारण भारतीय दर्शनार्थी यस क्षेत्रमा पुग्ने गर्दछन । तीन महिना सम्म यो क्षेत्र भारतीय श्रद्धालुका कारण भरिभराउन हुने गरेको छ । ब्रम्हदेवमा रहेको बजारमा भारतीय ग्राहक बढी आउने भएकाले भारतीय रुपैंयामै कारोवार समेत हुने गरेको छ ।

भारतले महाकाली नदी माथि बनाएको बहुचर्चित टनकपुर बाँध समेत यसै क्षेत्रमा रहेको छ । यस क्षेत्र बाटै परापूर्वकालमा नेपाल र भारतको व्यापार सञ्चालन हुने गरेको थियो । पुराना व्यापारिक मण्डीका अवशेषहरु अझै यस क्षेत्रमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *