• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

ब्रह्मदेबको कालिका मन्दिरमा पर्खाल निर्माण

Byभीमदत्त अनलाइन

१७ जेष्ठ २०७७, शनिबार १६:३३ १७ जेष्ठ २०७७, शनिबार १६:३३ १७ जेष्ठ २०७७, शनिबार १६:३३

महेन्द्रनगर, १७ जेठ
भीमदत्त नगरपालिका–९ ब्रह्मदेबस्थित कालिका मन्दिरमा पर्खाल निर्माण सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत मन्दिर संरक्षणका लागि पर्खाल निर्माण गरिएको छ ।

कालिका मन्दिरसित डेढ बिगाहा जमिन छ । मन्दिरको चारैतिर एक सय २० मिटर लम्बाईको पर्खाल निर्माण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष गोपी भुलले जानकारी दिनु भयो ।  ‘यो मन्दिरमा पर्खालको मुख्य समस्या थियो, अहिले आएर बल्ल समस्या हटेको छ’ अध्यक्ष भुलले भन्नु भयो,‘पर्खाल नहुँदा संरक्षण गर्न नसकिने अवस्था छ ।’

पर्खाल निर्माणपछि मन्दिरलाई व्यवस्थित गरी धार्मिक पर्यटक आकर्षण गर्न सकिने अध्यक्ष भुलको भनाई छ ।
पर्खालपछि निर्माण मन्दिरको जमिनमा भएका रुख हटाएर व्यवस्थित गरिने योजना बनाइएको छ । भीमदत्त नगरपालिकाको नगर गौरबको योजना धार्मिक जैविक पर्यटकीय मार्ग किनारमा रहेको यस मन्दिरमा नवरात्रीमा जात्रा लाग्ने गर्छ ।

यसैबीच भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्द सिहले पर्खाल निर्माणको अनुगमन गर्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *