• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

ब्रह्मदेबमा अर्को गौशाला निर्माण सुरु

Byभीमदत्त अनलाइन

१ कार्तिक २०७६, शुक्रबार १८:०० १ कार्तिक २०७६, शुक्रबार १८:०० १ कार्तिक २०७६, शुक्रबार १८:००

महेन्द्रनगर, १ कार्तिक
भीमदत्त नगरपालिका वडा नं. ९ मा नयाँ गौशाला भवन निर्माण सुरु गरिएको छ । नयाँ गौशाला भवनको शुक्रबार औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

व्यवसायी दानीको रेडियन्ट ग्याँसको लगानीमा गौशाला निर्माण सुरु गरिएको छ ।चन्दले विहान पूजाआजा गरी गौशाला शिलान्यास गर्नु भएको छ । आधुनिक गौशाला नाम दिइएको गौशालाको पञ्च धातु राखेर शिलान्यास गरिएको समाजसेवी करन सिह पालले जानकारी दिनु भयो ।

व्यवसायी चन्दले गौशाला बनाउन सुरु गरेपछि स्थानीयले छाडा पशु चौपाया नियन्त्रण प्रभावकारी हुने अपेक्षा राखेका छन् । चन्दले ब्रह्मदेबस्थित महाकाली गौशालालाई सहयोग गर्दै आउनु भएको छ ।

जगद्गुरुको अगुवाईमा भीमदत्त नगरपालिकाले पशु अध्ययन र व्यवसायीकरण गर्ने लक्ष्यका साथ गत वर्ष महाकाली गौशाला बनाइको थियो । तीन महिनामा निर्माण पूरा हुने गौशालामा पाँच दर्जन गाई गोरु पाल्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *