• Fri. Nov 8th, 2024

ब्रह्मदेवमा नगर प्रमुखद्धारा प्रसुती केन्द्र उद्धघाटनः गर्भवती महिलाले गाउँमै पाउने भए सेवा

Byभीमदत्त अनलाइन

६ श्रावण २०७८, बुधबार १६:०४ ६ श्रावण २०७८, बुधबार १६:०४ ६ श्रावण २०७८, बुधबार १६:०४

महेन्द्रनगर ६ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकाले आधारभुत स्वास्थ्य सेवा सबै नागरिकको पुहँचमा पु¥याउने कार्यलाई तिव्रता दिएको छ । नगरपालिकाले नगरको उत्तरी भेगका जनतालाई स्वास्थ्य संस्थामा सेवा दिन थप सेवा विस्तार गरेको हो ।


भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव शहरी स्वास्थ्य केन्द्रमा प्रसुती सेवा पनि सुचारु गरिएको छ । बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रसुती केन्द्रको उद्धघाटन गर्नुभयो । १० वर्ष अघि स्थापना भएको स्वास्थ्य केन्द्र स्तरोउन्नती गदैँ अहिले प्रसुती सेवा पनि सञ्चालनमा आएको हो ।


केन्द्र सञ्चालनमा आएसँगै भौगोलिक रुपमा दुर्गम मानिने भीमदत्तको यो क्षेत्रका गर्भवती महिलाले गाउँमै सेवा पाउने भएका छन् । यस अघि त्यहाँका प्रसुतीका लागि जिमुवा स्वास्थ्य चौकी, महाकाली अस्पतालसँगै धनगढीसम्म धाउनु पर्ने बाध्यता थियो ।


प्रसुती केन्द्रको उद्धघाटन गदैँ नगर प्रमुख सुरेन्द्र विष्टले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले हाल २३ वटा स्वास्थ्य संस्थाबाट सेवा दिई रहेको छ । नगरपालिकाले वडा नम्बर ९, १० र १६ मा बर्थीङ सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नम्बर ६ मा पनि प्रस्तुती सेवा केन्द्र सञ्चालनको तयारी छ । केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ती, स्वास्थ्य उपकरण र औषधीको समेत व्यवस्थापन गर्नका लागि नगर प्रमुख विष्टले निर्देशन समेत दिनु भएको छ ।


‘विशेष गरि यस क्षेत्रको समग्र विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । नगर प्रमुख विष्टले भन्नुभयो ‘नगरमा आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुती गराउनु हाम्रो लक्ष्य हो, स्वास्थ्य पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनका लागि आवश्यक काम निरन्तर भईरहेको छ । महाकाली अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकका लागि पनि नगरपालिकाले अनुदान सहयोग गदैँ आएको छ ।’


साथै चुरेसँग जोडिएको यस क्षेत्रको विकासका लागि काम भईरहेको उहाँको भनाई छ । नगरपालिकाले उत्तरी क्षेत्रलाई यातायातसँग जोड्न जैविक मार्ग निर्माण गरेको छ । जसलाई केन्द्र सरकारले केन्द्रीय योजनामा राखेर कालोपत्रेका लागि २५ करोडमा ठेक्का सम्झौता समेत गरिसकेको छ ।


त्यस्तै भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले लामो समयपछि प्रसुती केन्द्र सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको बतानु भयो । उहाँले स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन विभिन्न कार्यक्रम सञ्चालन हुदैँ आएको बताउनु भयो । गाउँमै प्रसुती केन्द्र सञ्चालन भएपछि प्रसुती सेवाका लागि सदमुकाम धाउनु पर्ने बाध्यता हटेको उहाँको भनाई छ ।
त्यस्तै वडाको सम्रग विकासका लागि वडा कार्यालय र नगरपालिका लागि परेको वडाध्यक्ष नाथले बताउनु भयो ।

ब्रह्मदेव शहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द सिंह धामीले १० वर्षपछि प्रसुती सेवा सुरु भएको बताउनु भयो । उहाँका अनुसार केन्द्र सञ्चालनका आएपछि त्यस क्षेत्रका गर्भवती महिलाले सहजै सेवा पाउनेछन् । स्वास्थ्य सेवालाई विस्तार गर्दै बर्थीङ सेन्टर स्थापना भएपछि स्थानीय हर्षीत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *