• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भारतीय तरकारी र फलफूलको आयात बन्द, स्थानीय उत्पादन बजारसम्म पुगाउन सहजीकरण गरिने

Byभीमदत्त अनलाइन

२७ चैत्र २०७६, बिहीबार १८:११ २७ चैत्र २०७६, बिहीबार १८:११ २७ चैत्र २०७६, बिहीबार १८:११

महेन्द्रनगर, २७ चैत
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट आउने तरकारी र फलफूल आयातमा रोक लगाएको छ । भारतबाट तरकारी र फलफूल भित्रिदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले शुक्रबारदेखि आयातमा रोक लगाएको हो ।

भारतबाट आउने तरकारी र फलफूल बन्द गरिएपछि जिल्ला प्रशासनले स्थानीय उत्पादनलाई बजारसम्म ल्याउने सहजीकरण गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि कैलाली हुँदै भारतबाट तरकारी र फलफूल आउने गरेको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीमा लकडाउनपछि सवारी साधन पूर्ण रुपमा बन्द गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले लकडाउनका कारण जिल्लाको उत्पादन खेर जाने र भारतबाट भित्रिँदा कोरोना संक्रमण जोखिम बढ्ने भएकाले भारतबाट तरकारी र फलफूलको आयात रोक्का गरिएको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *