• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १० को आँखा शिविरमा ५ सय ५२ जनाको आँखा परीक्षण

Byभीमदत्त अनलाइन

२९ मंसिर २०७६, आईतवार १६:४२ २९ मंसिर २०७६, आईतवार १६:४२ २९ मंसिर २०७६, आईतवार १६:४२

महेन्द्रनगर, २९ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १० मा आँखा शिविर आयोजना गरिएको छ । भीनपा १०, नेत्रज्योति संघ कैलाली, च्यारिटी हेल्थ फाउण्डेशन र काँजल चश्मा सेन्टरले संयुक्त रुपमा आँखा शिविर आयोजना गरेका छन् ।

भीनपा १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा ५ सय ५२ जनाको आँखा जाँच गरिएको छ । यसैगरी शिविरमा आँखा जनाएका गरिएकामध्ये २ सय २६ जनालाई चश्मा वितरण गरिएको छ ।

भीनपा १० का अध्यक्ष प्रमानन्द जोशीले शिविरमा आँखा जाँच गरिएकामध्ये ९० जनाको शल्यक्रियाका लागि रिफर गरिएको बताउनु भयो । ‘शिविरमा आँखा जाँच गरिएकामध्ये ९० जनालाई निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको छ’ वडा अध्यक्ष जोशीले भन्नु भयो । शिविरमा आँखा गरिएका सबैलाई औषधि समेत प्रदान गरिएको छ ।

वडा अध्यक्ष जोशीले शिविर उद्घाटन गर्नु भएको थियो । शनिबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको शिविरमा वडा नं. १० का वासिन्दाले आँखा जाँच गराएका छन् ।

वडा अध्यक्ष जोशीले शिविरमा कमजोर अवस्थाका कारण उपचार गराउन नसकेका वासिन्दालाई फाइदा पुगेको बताउनु भयो । ‘कमजोर अवस्थाका कारण बाहिर गएर आँखा जाँच गराउन नसकेका स्थानीयलाई यो शिविरमा फाईदा पुगेको छ’ वडा अध्यक्ष जोशीले भन्नु भयो । वडा अध्यक्ष जोशीले दिनमा अन्य रोगका समेत शिविर आयोजना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *