महेन्द्रनगर, २६ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १० मा शनिबार आँखा शिविर लाग्ने भएको छ । भीमदत्त नगरपालिका वडा नं. १०, धनगढी नेत्रालय आँखा अस्पताल तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र महेन्द्रनगरको न्यू काजल चस्माले संयुक्त रुपमा आँखा शिविर सञ्चालन गर्न लागेका हुन् ।
भीनपा १० स्थित सिद्धनाथ माध्यमिक विद्यालय सञ्चालन हुने शिविरमा आँखा जाँच, चस्मा वितरण गरिने न्यू काँंजल चश्मा सेन्टेर महेन्द्रनगरका सञ्चालक लक्ष्मी जोशीले बताए । बिहान १० बजे देखि दिउसो २ बजे सम्म नाम दर्ता गर्न सकिने छ । उक्त शिविरबाट सिफारिस गरिएका बिरामीको धनगडि नेत्रालय आँखा अस्पताल धनगढीमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।