महेन्द्रनगर, २४ मंसिर
भीमदत्त नगरपालिका वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसीले मंगलबार महाकाली नदीमा अनुगमन गर्नु भएको छ ।
अध्यक्ष जैसीले महाकाली नदीको भुजेला घाटमा गिट्टी, बालुवा र ढुङ्गा संकलनको अुनगमन गरिएको छ ।
महाकाली नदीबाट पुल नजिकबाट ढुङ्गा,गिट्टी, बालुवा लगायतका नदीजन्य सामाग्री संकलन भई रहेको गुनासो आएपछि अध्यक्ष जैसीले अनुगमन गर्नु भएको हो ।
‘पुलको टाढाबाट संकलन भई रहेको छ, अनुगमन गर्दा नजिकबाट संकलन गरिएको देखिएन’ अध्यक्ष जैसीले भन्नु भयो ।
संवैधानिक व्यवस्था अनुसार महाकाली नदीबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको रोयल्टी संकलन नगरपालिकाले पाएको छ । यस वर्ष भीमदत्तले रोयल्टी ठेक्का दिई सकेको छ ।