महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले निशुल्क आखा जाँच शिविर संचालन गरेको छ । वडा नम्बर ११ ले च्यारेटी हेल्थ फाउण्डेशन र सृजनशील बचत तथा ऋिण सहकारी संस्थाको सहयोगमा शनिवार निशुल्क आखा जाँच तथा चस्मा,औषधी वितरण शिविर सम्पन्न भएको हो ।
शिविरमा झण्डै ४ सय भन्दा बढी वडावासीले आखाँ जाँच गराएका वडाध्यक्ष प्रकाश थापाले बतानुभयो । उक्त शिविरको उद्धघाटन गर्दै नगर उपप्रमुख नीलम लेखक जोशीले शिविरबाट वडाका ज्येष्ठ,विपन्न नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिका र वडा कार्यालय अन्य स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
‘यो कार्यक्रमबाट ११ नम्बर वडाका विपन्न,ज्येष्ठ नागरिकलाई फाइदा हुन्छ, यो कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्नु आवश्यक छ’ उहाँले भन्नुभयो ।