महेन्द्रनगर, १६ कार्तिक
भीमदत्त नगरपालिका दुई वडा अध्यक्ष शनिबार सम्मानित हुनु भएको छ । भीमदत्त नगरपालिका वडा नंं. १७ स्थित संकल्प कृषि सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटनमा वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसी र वडा नं. १७ का अध्यक्ष हिमाल चन्द सम्मानित हुनु भएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा अध्यक्षद्वयलाई सम्मानपत्र पत्र प्रदान गर्नु भयो । दुबै वडाले तरकारी खेती सहित विभिन्न कार्यक्रममा सहयोग गरी सहकारीको विकासमा योगदान पुगाएको भन्दै सम्मान प्रदान गरिएको छ ।
सहकारीका अध्यक्ष नयन सिह पालको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले सहकारी संस्थालाई उत्पादनसिह जोडेर कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिदैं नगरपालिकाले सहकारीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।