• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १२र १५ मा सहरी पूर्वाधार सम्बन्धी छलफल

Byभीमदत्त अनलाइन

२३ मंसिर २०७६, सोमबार १८:१८ २३ मंसिर २०७६, सोमबार १८:१८ २३ मंसिर २०७६, सोमबार १८:१८

महेन्द्रनगर, २३ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १२ र १५ मा सहरी पूर्वाधार संरचना सम्बन्धी छलफल भएको छ । ती दुबै वडा कार्यालयमा भएका छलफलमा वडाका भौतिक संरचना, पूर्वाधार विकास लगायतका विषयमा छलफल गरिएको छ ।

वडा नं. १५ मा वडा अध्यक्ष भीम बहादुर शाहु र १२ मा वडा अध्यक्ष कृष्ण सिह देउपाको अध्यक्षतामा छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा वडा सदस्य, कर्मचारी, प्राविधिक लगायतका सहभागी भएका छन् ।

वडा नं. १५ का अध्यक्ष शाहुले वडाको पूर्वाधार विकास र दिर्घकालिन योजना लगायतका विषयमा छलफल गरिएको बताउनु भयो ।यसैगरी वडा नं. १५ का अध्यक्ष देउपाले वडा कार्यालयमा छलफलपछि पूर्वाधारको अवस्था स्थलगत निरीक्षण गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *