• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १२ मा नगर स्तरीय त्रिकेट प्रतियोगिता सुरु

Byभीमदत्त अनलाइन

३ आश्विन २०७६, शुक्रबार १७:३३ ३ आश्विन २०७६, शुक्रबार १७:३३ ३ आश्विन २०७६, शुक्रबार १७:३३

महेन्द्रनगर, ३ असोज
भीमदत्त नगरपालिका–१२ मा नगर स्तरीय दोस्रो टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयले गत वर्षदेखि सुरु गरेको प्रतियोगितालाई यस वर्ष निरन्तरता दिएको छ ।

पूर्णा माध्यमिक विद्यालयका खेल मैदानमा सुरु प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकार उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा राज्यमन्त्री रावलले , खेलकूदको विकास, नगर क्षेत्रका खेलाडी उत्पादन हुने उल्लेख गर्दै खेलको माध्यमबाट नेपाल अन्र्तराष्ट्रियमा चिनिने बताउनु भयो ।

‘खेलकूद क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार खेल पूर्वाधारको विकासँगै र खेलाडीको सम्मान कार्यक्रमलाई पनि प्राथमिकता दिएर अघि बढेको छ’ राज्यमन्त्री रावलले भन्नु भयो ।
राज्यमन्त्री रावलले कञ्चनपुर खेलाडी उत्पादनको हव बन्दैँ गएकाले खेलकूदका माध्यमबाट भीमदत्तलाई समृद्ध बनाउन सकिने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माणको अवधारण अघि सार्दै खेलकूद क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो ।

भीनपा १२ का अध्यक्ष कृष्ण सिह देउपाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, भीनपा वडा नं. ६ का अध्यक्ष हरक सिह धामी, ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, १० का अध्यक्ष प्रमानन्द जैसी लगायत सहभागी हुनु भएको छ ।

असोज ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई नगद ५ हजार तथा उप विजतालाई नगद ३ हजार पुरस्कार सहित ट्रफ्री र प्रमाण पत्र प्रदान गरिने आयोजक वडाका अध्यक्ष देउपाले बताउनु भयो । भीमदत्त नगरपालिकाका १९ वडाका टीम सहभागी प्रतियोगितामा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *