• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १२ मा बाख्रा पैंचो कार्यक्रम

Byभीमदत्त अनलाइन

२७ मंसिर २०७६, शुक्रबार १६:३५ २७ मंसिर २०७६, शुक्रबार १६:३५ २७ मंसिर २०७६, शुक्रबार १६:३५

महेन्द्रनगर, २७ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १२ मा बाख्रा पैँचौ कार्यक्रम सुरु गरिएको छ । वडा कार्यालयले वासिन्दालाई स्वरोजगार बनाउन बाख्रा पैँचौ कार्यक्रम सुरु गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले बाख्रा हस्तान्तरण गरी बाख्रो पँैचो कार्यक्रम कार्यक्रम सुरुवात गर्नु भएको छ । ‘यो कार्यक्रमबाट यो वडाका वासिन्दा बढी भन्दा बढी स्वरोजगार हुने आशा छ, यो कार्यक्रम अन्य वडामा पनि विस्तार गर्न प्रयत्न गर्छौ’ नगर उप प्रमुख चन्दले भन्नु भयो ।

नगर उप प्रमुख चन्दले वासिन्दाको जीवन स्तरमा सुधार ल्याउने कार्यक्रम गर्न पर्नेमा जोड दिदैं नगरपालिकाले नगर सभाबाट स्वरोजगार बनाउने कार्यक्रम ल्याएको बताउनु भयो ।

वडा नं. १२ का सबै तीन तीन बाखा्र वितरण गरी कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष कृष्ण सिह देउपाले बताउनु भयो ।
‘वडाभित्रका सबै टोलका तीन तीन जनालाई एक एक बाख्रा दिन्छौ, ती बाख्राका पाठा फेरि अर्को परिवारलाई दिन्छौ, यसरी एक परिवारबाट अर्को परिवारलाई हुँदै सबै परिवारसम्म बाख्रा पुगाउँछौ’ वडा अध्यक्ष देउपाले भन्नु भयो । भीनपा १२ मा ६ टोल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *