महेन्द्रनगर, ५ कार्तिक
भीमदत्त नगरपालिका वडा नं. १० मा सञ्चालन गरिएको नगर स्तरीय दोस्रो खुल्ला भलिबल प्रतियोगिताको उपाधि भीनपा –१२ ले जितेको छ । जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा फाइनल खेलमा वडा नं. १७ लाई पराजित गरी वडा नं. १२ ले उपाधि जितेको छ । वडा नं. १२ ले १७ लाइ ३–१ सेटले पराजित गरेको हो ।
प्रतियोगितामा उपाधि जितेको वडा नं. १२ ले शिल्ड सहित नगद ३१ हजार र मेडल र प्रमाण पत्र पाएको छ । यसैगरी उप विजेता वडा नं. १७ ले शिल्ड सहित नगद २१ हजार, मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा तेस्रो वडा नं. ९ ले नगद ११ हजार सहित मेडल र प्रमाण पत्र पाएको छ ।
प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विजेता वडा नं. १२ लाई शिल्ड सहित नगद, मेडल र प्रमाण पत्र प्रदान गर्नु भयो । यसैगरी उप विजेता वडा नं. १७ लाई भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामी, वडा नं. १० का अध्यक्ष परमानन्द जोशी, राजेन्द्र पाण्डेक्ष्, राम नाथ लगायतले संयुक्त रुपमा शिल्ड सहित नगद पुरस्कार प्रदान गर्नु भयो ।
प्रतियोगितामा तेस्रो हुने वडा नं. ९ लाई वडा नं. १७ का अध्यक्ष हिमाल चन्द र वडा नं. ५ का अध्यक्ष मदन बहादुर चन्दले नगद पुरस्कार प्रदान गर्नु भयो । प्रतियोगिताको प्रथम पुरस्कार रकम भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट र तेस्रो पुरस्कारको रकम सामाजिक विकास समितिका संयोजक धामीले सहयोग गर्नु भएको छ ।
भीनपा १० नं. वडा कार्यालय र मानव विकास तथा वातावरण संरक्षण अभियानले संयुक्त आयोजनामा गरेको प्रतियोगितामा उप विजेता भीनपा १० का खगेन्द्र ठकुराठी उत्कृष्ठ खेलाडी हुनु भएको छ । ठकुराठीले नगद दुई हजार पुरस्कार प्राप्त गर्नु भयो ।
कार्तिक १ गते सुरु प्रतियोगितामा भीमदत्त नगरपालिकाका १४ टीम सहभागी भएका भएका छन् । समापन कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टलाई सम्मान गरिएको छ । कार्यक्रमका सभापति जगदीश विष्टले नगर प्रमु विष्टलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भयो । यसैगरी वडा नं. १० का अध्यक्ष परमान्द जोशी, समाजसेवी प्रकाश जोशी, बिर सिह रावत, नरेन्द्र रावत, सिद्धनाथ माविका प्रधानाध्यापक शेर बहादुर चौैहान सम्मानित हुनु भएको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले खेलमैत्री नगरपालिका बनाउन भलिबल प्रतियोगिताबाट सहयोग पुग्ने उल्लेख गर्दै सबै वडामा खेल प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । ‘यो प्रतियोगिताको आज समापन हुन गई रहेको छ , यो प्रतियोगिताका आयोजक, सहभागी खेलाडी, आफिसियल, सहयोगी सबैमा धन्यवाद सहित तिहार र छठको शुभ कामना छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो प्रतियोगिताबाट खेलमैत्री बनाउने नगरपालिकाको लक्ष्यलाई सहयोग पुगेको छ, यसलाई निरन्तरता दिएर जान्छौ ।’
भीमदत्त नगरपालिकाले आयोजना गर्ने भलिबल प्रतियोगिताका लागि समेत यो प्रतियोगिताका खेलाडी छनौट हुने नगर प्रमुख विष्टको भनाई थियो । नगर प्रमुख विष्टले नगर क्षेत्रका सबै खेलाडीहरुसित खेलकूदको विकासका लागि छलफल गर्ने इच्छा रहेको दोहो¥याउनु भएको छ । ‘नगरपालिका अहिले २५ वर्षे योजना निर्माणको चरणमा छ, हामी दिगो विकासमा विश्वास गर्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि सबै खेलाडीसित बसेर छलफल गर्ने मनसाय बनाएको छ ।’
भीमदत्त नगरपालिकाको विकास समृद्धि जनप्रतिनिधि र कर्मचारीले मात्रै सम्भव नभएकाले सबै पक्षसित सहकार्य र साझेदारी गरी जाने नगर प्रमुख विष्टले बताउनु भयो । स्थानीय तह निर्वाचनपछि वडा नं. १० मा श्रीलंका र चक्कीफाँटामा खानेपानी आयोजना सञ्चालन, सरकारी सम्पत्ति संरक्षण, शिक्षामा प्रविधि विस्तार, खेल मैदान लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनु भयो ।
महाकाली लोकमार्गमा दोधारा चाँदनीसम्म पुगाएर गड्डाचौकी नाकालाई त्रिदेशीय नाका बनाउन लागिएको उल्लेख गर्दैै नगर प्रमुख विष्टले विकासका लागि राजनीति गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख विष्टले वडा नं. १० को वडा कार्यालय भवन बनाउन बजेट विनियोजन गरी यसै वर्ष सुरु गरिने प्रतिवद्धता गर्नु भयो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक धामीले वडा नं. १० ले राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी जन्माएको उल्लेख गर्दै प्रतियोगिताबाट उत्कृष्ठ टीम छनौट हुने बताउनु भयो ।
आयोजक वडा नं. १० का अध्यक्ष जोशीले प्रतियोगिता समापन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैंै आगामी दिनमा खेल प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । सिद्धनाथ मावि जिमुवाका शिक्षक उत्तम विष्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।