• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

हात्तीले घर भत्काएका परिवारलाई जस्तापाता

Byभीमदत्त अनलाइन

२१ माघ २०७६, मंगलवार २०:०८ २१ माघ २०७६, मंगलवार २०:०८ २१ माघ २०७६, मंगलवार २०:०८

महेन्द्रनगर, २१ माघ
भीमदत्त नगरपालिका वडा नं. १४ मा हात्तीले घर भत्काएका दुई परिवारलाई सहयोग गरिएको छ । ती दुई परिवारलाई घरको धुरी सहित जस्तापाता प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले दुबै परिवारलाई जस्तापाता प्रदान गर्नु भयो । गत साता हात्तीले घर भत्काएपछि नगर प्रमुख विष्टले क्षतिको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको. बथानले दुई परिवारको घरमा पूर्ण रुपमा क्षति पुगाएको थियो । अन्य परिवारका घरमा समान्य क्षति पुगाएको थियो । हात्तीले घर भत्काएपछि स्थलगत निरीक्षण गरेका नगर प्रमुख विष्टले दुबै परिवारलाई सहयोगको प्रतिवद्धता गर्नु भएको थियो ।

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पीडित परिवारलाई सहयोग प्रदान गरिएको छ । यसैगरी कार्यक्रममा विपन्न परिवारलाई बाख्रा र बोका वितरण गरिएको छ । सात परिवारलाई उन्नत जातका दुई बोका सहित ७ बाख्रा वितरण गरिएको छ । वडा खोप केन्द्रलाई कुर्सी र शान्ति आधारभूत विद्यालयलाई खेलकूद सामाग्री सहयोग गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्टले बाख्रा, खेलकूद सामाग्री, शैक्षिक सामाग्री लगायतका सहयोग वितरण गर्नु भयो । सो अवसरमा नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका किनारका वासिन्दाले वर्षौदेखि भोग्दै आएको हात्ती सहित जङ्गली जनावरको समस्या अन्त्य गरिने बताउनु भयो ।

भीमदत्त नगरपालिकाले विपन्न, कमजोर समुदायका वासिन्दाको जीवनस्तर सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार निर्माण लगायत विकासलाई प्राथमिकता दिइएको बताउनु भयो ।

भीनपा १४ का वडा अध्यक्ष उत्तम बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा कार्यपालिका सदस्यद्वय वसन्ती राना, द्रोपती जोशी, वडा सदस्यहरु हिक्मत बहादुर विष्ट, धु्रबराज भट्ट, जानकी दमाई, भीमदत्त नगरपालिकाका प्रशासनिक तथा जन सम्पर्क सल्लाहकार प्रेम बहादुर सिह, वडा सचिव राज्यलक्ष्मी शाह लगायतका सहभागी हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *