महेन्द्रनगर, १ पुस
भीम्दत्त नगरपालिका–१५ मा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले मंगलबार कार्यालयमा नगर उप प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा कार्यक्रम गरी ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कपडा वितरण गरेको हो ।
कार्यक्रममा नगर उप प्रमुख चन्दले ज्येष्ठ नागरिक किसन घडेरीलाई कपडा प्रदान गरी कार्यक्रम सुरुवात गरेकी गर्नु भयो । त्यसपछि वडा अध्यक्ष भीम बहादुर शाहु लगायतले कपडा वितरण गर्नु
भयो ।
वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान हुने गरी चिसोबाट जोगिन कपडा वितरण गरिएको हो । वडाका एक सय ६० ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिएको छ ।
कार्यक्रममा नगर उप प्रमुख चन्दले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरी ज्येष्ठ नागरिकलाई सम्मानको परम्परा थालनी गरिएको बताउनु भयो । ‘वहाँहरुलाई सेवा सुविधा मान सम्मान दिनु हामी सबैको कर्तव्य हो, सम्मानको थानली वडा कार्यालयबाट भएको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो, ‘यसलाई अरुले पनि सिको गर्नु आवश्यक छ ।’
नगर उप प्रमुख चन्दले युवालाई ज्येष्ठ नागरिकको अर्ती र उपदेशको खाँचो रहेको उल्लेख गर्दै भन्नु भयो, ‘हामी युवालाई अग्रजहरुको अर्र्ति उपदेशको खाँचो छ, वहाँहरुको अनुभव सुझाव सल्लाहले ठूलो मार्गदर्शन गर्छ ।’
सम्मानका प्रेरणादायी कार्यले भावी पिढीलाई समेत सेवामूलक भवना जाग्दै जाने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष भीम बहादुर साहुले आफू सधैं नागरिक सेवामा नै समर्पित हुने बताउनु भयो । ‘म सधैैं वडावासीको सेवा तत्पर छु, सेवा गर्न आफ्नो धर्म ठान्छु’ वडा अध्यक्ष शाहुले भन्नु भयो, ‘चिसो अवस्था छ, यसलाई हेरेर न्यानो कपडा दिइएको छ, यो वहाँहरुप्रतिको सम्मान हो ।’
वडा अध्यक्ष शाहुले बुढापाखाहरुले सहरीकरण र आधुनिकीकरणका कारण समस्या ्खेप्नु परेको बताउनु भयो । कार्यक्रममा ज्येष्ठ नागरिक समाजका पूर्व अध्यक्ष गंगाराम गिरीले वडा कार्यालयले कार्यक्रम आफूहरुलाई सम्मान गरेको बताउनु भयो ।
‘वडा र नगरपालिका कार्यालयबाट सहयोग पाएका छौ, ज्येष्ठ नागरिकलाई तिर्थाटन गराएको छ, यो सम्मान हो’ पूर्व अध्यक्ष गिरीले भन्नु भयो । वडा सदस्य नन्दराम भाटले स्वागत मन्तव्य राखेको कार्यक्रममा सदस्यहरु दामोदर भट्ट, लक्ष्मी दमाई, ओलम्पियन डम्बरदत्त भट्ट, समावजसेवी खेमराज ऐरी लगातका सहभागी हुनु भएको छ ।