महेन्द्रनगर, १७ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १६ मा ज्येष्ठ नागरिकलाई घरदैलोमा गएर सम्मान गर्न थालिएको छ । वडा अध्यक्ष सुरेन्द्र विष्टले घर घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भएको छ ।
वडा कार्यालय केही दिन अघि वडा कार्यालयमा कार्यंक्रम गरी वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । वडा कार्यालयको कार्यक्रम आउन नसकेका ज्येष्ठ नागरिक र अशक्त ज्येष्ठ नागरिकलाई घरमै गएर दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
वडा कार्यालयमा आउन नसकेका ज्येष्ठ नागरिकका घरमा गएर सम्मान गर्न थालिएको वडा अध्यक्ष विष्टले बताउनु भयो ।
‘ज्येष्ठ नागरिकको सम्मान सबैको सम्मान हो, ज्येष्ठ नागरिकलाई हेला अपमान गर्न हुँदैन भनेर सन्देश फैलाउन सम्मान कार्यक्रम गरिएको थियो’ वडा अध्यक्ष विष्टले भन्नु भयो,‘त्यो कार्यक्रममा आउन नसकेका ज्येष्ठ नागरिक, अति अशक्त, अपाङ्गता भएका वासिन्दा, हिँडडुल गर्न नसक्ने वासिन्दालाई वहाँहरुकै घरमा पुगेर दोसल्ला ओढाएर सम्मान गरिएको छ ।’
वडाको कार्यक्रममा आउन नसकेको सबै ज्येष्ठ नागरिकलाई घरमा पुगेर सम्मान गरिने अध्यक्ष विष्टले बताउनु भयो । वडा कार्यालयले वडाभित्रका एक् सय १० ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम बनाएको थियो । त्यसमध्ये कार्यक्रममा सहभागी नभएका ज्येष्ठ नागरिकलाई घरका पुगेर सम्मान गर्न लागिएको हो ।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि ज्येष्ठ नागरिकहरुलाई मध्यनजर गरी विभिन्न कार्यक्रम गरिएका छन् । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि नीतिगत रुपमा बजेट विनियोजन गरी कार्यक्रम गर्दै आएको छ ।