महेन्द्रनगर, २१ पुुस
भीमदत्त नगरपालिका–१६ स्थित सामुदायिक स्वास्थ्य केन्द्रले गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । भीनपा १६ मझगाउँस्थित रत्न टोलमा रहेको माछापुच्छ्रे बैक लिमिटेडको ग्राहक सेवा केन्द्र ( शाखा रहित बैंकिङ) रहेको घरमा क्लिनिक सञ्चालन गरिएको छ । बैंकले विगतदेखि स्थानिय राजेन्द्र चन्द्को घर बैंकको शाखा सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य केन्द्रले प्रत्येक महिनाको २१ गते स्विास्थ्य सेवा उपलिब्ध गराउने लक्ष्य सहित सहित गाउघर क्लिनिक को शुरुआत गरिएको बताउनु भयो ।
क्लिनकिबाट परिवार नियोजन सेवा, सामान्य स्वास्थ्य परिक्षण लगायत स्वास्थ्य सम्बन्धि परामर्श सेवा लगायत जनतालाई घर दैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको स्वास्थ्य केन्द्र प्रमुख चन्द्रकान्त चटौतले बताउनु भयो ।