• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा १६ मा ज्येष्ठ नागरिकलाई सम्मान

Byभीमदत्त अनलाइन

११ मंसिर २०७६, बुधबार १२:२४ ११ मंसिर २०७६, बुधबार १२:२४ ११ मंसिर २०७६, बुधबार १२:२४

महेन्द्रनगर, ११ मंसिर
भीमदत्त नगरपालिका वडा नं. १६ मा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयमा कार्य वाहक नगर प्रमुख नगर उप प्रमुख सुशिला चन्द सिहको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सम्मान गरिएको छ ।


भीनपा १६ का वडा अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षमता गरिएको कार्यक्रममा वडाभित्रका ७० वर्ष उमेर कटेका एक सय १० जनालाई सम्मान गरिएको छ ।


वडा अध्यक्ष विष्टले ७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा न्यानो सल सहित सम्मान गरिएको बताउनु भयो ।
कार्यक्रममा भीनपा कार्यपालिका सदस्य कमला देबकोटा, वडा सदस्य, स्थानिय, ज्येष्ठ नागरिक, सर्वसाधारण, विभिन्न संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *