महेन्द्रनगर, २७ चैत
कामना सेवा विकास बैक लि. महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिका–१७ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले भीमदत्त नगरपालिका वडा नं. १७ लाई मार्फत विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।
बैंकका शाखा प्रबन्धक जनक जोशीले वडा अध्यक्ष हिमाल बहादुर चन्दलाई राहत स्वरुप २५ बोरा चामल, एक क्विन्टल दाल, नुन र तेल हस्तान्तरण गरिएको छ ।
बैंकका शाखा प्रमुख जोशीले सामाजिक बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई सहयोग गरिएको बताउनु भयो । वडा अध्यक्ष चन्दले सहयोगका लागि बैंकलाई धन्यवाद दिदैं कोरोना विरुद्ध सबै जन समुदाय एकजुट भएर लड्नु पर्ने बताउनु भयो ।