महेन्द्रनगर । भीमदत्त नगरपालिका–१९ स्थित त्रिवेणी धामको यज्ञशालाको शिलान्यास गरिएको छ । सोमवार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले सिद्धनाथ बैजनाथ धाम शिवालयको यज्ञशालाको शिलान्यास गर्नु भएको हो ।
उक्त शिलान्यास कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी, वडाध्यक्ष जगुराम थारु चौधरी, लगाएतको उपस्थिति रहेको थियो । त्रिवेणी धामलाई पर्यटकीय, धार्मीक तथा तिर्थस्थलका रुपमा विकास गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने नगरप्रमुख बोगटीले बताउनुभयो ।
त्रिवेणी धामको विकासका लागि सिद्धनाथ बैजनाथ धाम शिवालय(त्रिवेणी धाम) मन्दिर व्यवस्थापन समिति निरन्तर सहयोग संकलन तथा यज्ञशाला निर्माण गर्ने जस्ता कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिलन सिंहले बताउनुभयो ।