• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा २ का वासिन्दालाई छिट्टै स्वच्छ खानेपानी

Byभीमदत्त अनलाइन

१५ कार्तिक २०७६, शुक्रबार १९:११ १५ कार्तिक २०७६, शुक्रबार १९:११ १५ कार्तिक २०७६, शुक्रबार १९:११

महेन्द्रनगर, १५ कार्तिक
भीमदत्त नगरपालिका वडा नं. २ मा खानेपानी पाईप लाईन बिछ्याउन सुरु गरिएको छ । भीनपा २ का ज्येष्ठ नागरिक देवीदत्त भट्टले पाईप लाईन बिछ्याउने कार्यको शिलान्यास गर्नुु भएको छ ।

भीमदत्त नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डम्बर सिह कार्की (डिके) ले खानेपानीको योजना अन्तिम चरणमा पुगेको बताउनु भयो । ‘भीनपा २ को खानेपानीको योजना अन्तिम चरणमा पुगेको छ, वडा अध्यक्ष कार्कीले भन्नु भयो, ‘पाईप बिछ्याउने र ओभरह्याड ट्याङकी मात्रै निर्माण गर्न बाँकी छ ।’

दुई महिनाभित्रै पाईप बिछ्याउने काम सक्ने गरी सुरु गरिएको कार्यको जिम्मेवारी केशव निर्माण सेवा प्रा.लि.ले लिएको
छ । वडाध्यक्ष कार्कीका अनुसार पर्खाल, डिपटुबेल बोरिङ्ग, चौकिदार भवन निर्माण गरेर अब पाईप बिछाएर वडाबासीलाई खानेपानी वितरण गरिने भएको छ । ‘चालु आर्थिक बर्ष्भित्रै हामी वडामा सबै घरमा खानेपानीको सुविधा उपलब्ध गराउँछौँ, ‘वडाध्यक्ष कार्कीले भन्नु भयो, ‘खानेपानको काम दुत गतिमा अघि बढेको छ ।’

खानेपानी योजनाबाट भीनपा २ का स्थानीयले सफा र स्वच्छ पानी पिउन पाउने छन् । नेपाल खानेपानी संस्थानको आयोजनाका झण्डै १० करोड बढी लागतमा खानेपानीको योजना सुरु गरिएको हो । खानेपानीका लागि नर्मेदेश्वर मन्दिर सेवा समितिले तीन कट्टा निःशुल्क जमिन उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *