• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा २ मा गरीबलाई बाँडियो कम्बल

Byभीमदत्त अनलाइन

२२ पुष २०७६, मंगलवार १९:३९ २२ पुष २०७६, मंगलवार १९:३९ २२ पुष २०७६, मंगलवार १९:३९

महेन्द्रनगर, २२ पुुस
भीमदत्त नगरपालिका वडा नं.२ मा विपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । केही दिनदेखि अत्यधिक चिसो बढेपछि वडा कार्यालयले मंगलबार विपन्न र अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ ।

वडा अध्यक्ष डम्मर सिह कार्कीले चिसो बढेपछि विपन्न र अपाङ्गता भएका एक सय ८ जनालाई कम्बल वितरण गरिएको बताउनु भयो । ‘वडाको कार्यक्रम अनुसार कार्यक्रम गरी एक सय ८ जनालाई कम्बल वितरण गरिएको छ’ वडा अध्यक्ष कार्कीले भन्नु भयो ।

वडा कार्यालयमा गरिएको कार्यक्रममा आउन नसकेका अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर कम्बल दिइएको छ ।
वडा अध्यक्ष कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्य प्रेग चौधरी, वडा सचिव नर बहादुर शाह लगायतका सहभागी हुनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *