महेन्द्रनगर, २ माघ
भीमदत्त नगरपालिका वडा नं. २ मा माघी मिलन कार्यक्रम गरिएको छ । भीनपा २ का अध्यक्ष डम्मर सिह कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा उल्टाखाम क्षेत्रका सबै आदिवासी जनजाति समुदायका वासिन्दा आ–आफ्नो पहिरचनमा सहभागी भएका छन् ।
बडघर बडरघर थारु समाजले आयोजना गरेको कार्यक्रममा भीनपा १९ का अध्यक्ष दामोदर महरा विशिष्ठि अतिथि रहनु भएको थियो । वडा नं. २ का सदस्य प्रेग चौधरीले कार्यक्रम व्यवस्थापन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कार्कीले माघी मिलन कार्यक्रम आदिवासी समुदायको प्रमुख चाड भएकाले यसको संरक्षण र संवद्र्धनका लागि वडा कार्यालयबाट सहयोग गरिने बताउनु भयो । ‘माघी मिलन कार्यक्रम ठूलो चाड हो, यसको संरक्षण, संवद्र्धनमा वडा कार्यालयको साथ र सहयोग रहन्छ’ वडा अध्यक्ष कार्कीले भन्नु भयो,‘यसलाई कार्यालयले निरन्तरता दिन्छ ।’
भलमन्सा राम बहादुर चौधरीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । वडा कार्यालय सहित कञ्चन सेकुवा, लालु ट्रेडर्स, कञ्चन डेभलपमेन्ट बैंक, आनन्द होटल र मनिसा ब्युटीपार्लर माघी मिलन कार्यक्रममा सहयोग गरेका छन् ।