महेन्द्रनगर, ९ जेठ
भीमदत्त नगरपालिका ३ मा मेयर टोल टोल आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिएको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी सुरु गरिएको कार्यक्रम अन्र्तगत शुक्रबार वडा नं. ३ मा कोभिड सम्बन्धि परामर्श सहित स्वास्थ्य जाँच, औषधि वितरण लगायतका कार्यक्रम गरिएका छन् ।
भीनपाका आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका फार्मेसी सहायक जीवन साउँदले वडा नं. ३ का तीन स्थानमा कार्यक्रम सञ्चालन गरी सेवा प्रदान गरिएको जानकारी दिनु भयो ।
फार्मेसी सहायक साउँदका अनुसार तीन सय ३० जनालाई औषधि वितरण गरिएको छ । यसैगरी २८ जनाको प्रयोगशला जाँच गरिएको छ । भीनपा २ बाट कार्यक्रम सुरु गरिएको कार्यक्रम बिहीबार वडा नं. ३ मा सञ्चालन गरिएको थियो ।