महेन्द्रनगर, २४ असोज
भीमदत्त नगरपालिका वडा नं. ५ वनगाउँमा खानेपानी योजनाका लागि कबडी प्रशिक्षक दिनेश पालले एक करोड बढी मूल्य पर्ने जग्गा सहयोग गर्नु भएको छ । दार्चुला खेलकूद विकास समितिका कार्यालय प्रमुख पालले वनगाउँस्थित त्रिपुरा क्लबन जिक प्रशिक्षक पालले तीन कट्टा १० धुर जग्गा सहयोग गराउनु भएको छ ।
सरकारी जग्गा नभएर खानेपानी योजना सञ्चालनका लागि समस्या भएपछि स्थानीय पालले जग्गा उपलब्ध गराउनु भएको हो । शुक्रबारदेखि सत्यवादी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु वडा स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जग्गादाता पाललाई धन्यवाद दिनु भयो ।
‘वडा नं. ५ मा स्वच्छ खानेपानीका लागि योजना अघि सा¥यौ, त्यसका लागि जग्गाको समस्या देखियो, जग्गा छैन भन्ने कुरा आयो’ नगर प्रमुख विष्टले भन्नु भयो,‘स्थानीय दिनेश पालज्यूले जग्गा सहयोग गर्नु भयो, अब योजना अघि बढ्छ, यसका लागि वहाँलाई धन्याद दिन चाहन्छौ ।’
भीनपा ५ का सबै घरधरीलाई पुग्ने गरी नेपाल खानेपानी संस्थानसित सहकार्यमा खानेपानी योजना सञ्चालन गर्न लागिएको छ । आगामी दुई वर्षभित्र पूरा हुने लक्ष्य राखिएको योजनाको निर्माण कार्य छिटो सुरु गरिने वडा अध्यक्ष चन्दले बताउनु भयो ।
भीनपाका नगर प्रमुख विष्टले त्रिपुरा क्लबको भवन निर्माण, सामुदायिक भवन निर्माण र वडा कार्यालय निर्माणका लागि नगरपालिका कार्यालयबाट सहयोग गरिने बताउनु भयो ।