महेन्द्रनगर, २३ असोज
भीमदत्त नगरपालिका ६ नं. वडा कार्यालयले वगडा स्तरीय कबड्डी प्रतियोगितामा सहभागीह खेलाडीहरुलाई पोशाक वितरण गरेको छ । वडा कार्यालय नजिक कञ्चन चोकमा कार्यक्रम गरी खेलाडीहरुलाई पोशाक वितरण गरिएको छ ।
वडा अध्यक्ष हरक सिह धामीले खेलाडीहरुलाई पोशाक वितरण गर्नु भयो ।
भीमदत्त नगरपालिका वडा नं. ५ को आयोजनामा शुक्रबारदेखि वडा स्तरीय कबड्डी प्रतियोगिता आयोजना हुन लागेको
छ । पोशाक वितरण कार्यक्रममा टीम व्यवस्थापक जनक भट्ट, टीम प्रशिक्षक सुरेश चन्द, कबड्डीका राष्ट्रिय रेफ्री रमेशचन्द्र ओझा लगायतका खेलाडीहरु सहभागी भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष धामीले खेलाडीहरुलाई जितको शुभ कामना दिदैं वडा स्तरीय प्रतियोगिताबाट कबड्डी खेलको विकास र खोलडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । भीमदत्त नगरपालिकामा खेलकूदको विकासका लागि हरेक वडाले वडा स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
स्थानीय तह निर्वाचनपछि भीनपा नगर प्रमुख सुरेन्द्र विष्टले खेलकूद विकासका लागि वडा स्तरीय प्रतियोगितालाई प्राथमिकता दिनु भएको छ । भीनपा १२ ले वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ भने वडा नं. ९ मा भलिबल प्रतियोगिता गरिएको छ ।