• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा–७ मा जुवाताश र मदिरा विरुद्ध कडाई

Byभीमदत्त अनलाइन

१६ आश्विन २०७६, बिहीबार २१:१८ १६ आश्विन २०७६, बिहीबार २१:१८ १६ आश्विन २०७६, बिहीबार २१:१८

महेन्द्रनगर, १६ भदौ
भीमदत्त नगरपालिका ७ नं वडा कार्यालयले दशैं र तिहारलाई मध्यनजर गरी जुवाताश र मदिरा कारोबारमा कडाई गरेको छ । चाड पर्वलाई शान्तिपूर्ण बनाउन वडा कार्यालयले दुबैमा कडाई गरेको छ ।

वडा कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जुवातावा खेल्न र खेलाउने कार्य नगर्न सबैलाई सचेत गराएको छ । सार्वजनिक सूचना विपरित जुवाताश खेल्ने र खेलाएको पाइएमा कानुनी कारवाही गरिने वडा कार्यालयले सूचनामा उल्लेख गरिएको छ ।

वडा अध्यक्ष शंकर बहादुर कुँबरले जुवाताश र मदिरा कारोबारबाट समाजमा अशान्ति मच्चिएर चाडपर्व खल्लो हुन सक्ने भएकाले रोकथामका लागि वडा कार्यालयले सूचना सार्वजनिक गरेको बताउनु भयो । ‘यो सूचना विपरित कार्य गर्ने जो कोहीलाई पनि कारवाही हुन्छ’ वडा अध्यक्ष कुँबरले भन्नु भयो ।

वडा कार्यालयले अवैध रुपमा मदिरा कारोबार नगर्न सचेत गराउँदै अनमुति लिएरका व्यवसायीका लागि कारोबारका लागि समय अवधि तोेकेको छ । वडा कार्यालयको सूचना अनुसार थोक बिक्रेताले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म, खुद्रा बिक्रेताले बिहान ९ बजेदेखि ८ बजेसम्म र बिर्को खोली मदिरा व्यवसाय गर्नेले दिउँसो २ बजेदेखि रात्री ९ बजेसम्म मात्र मदिरा बेचबिखन गर्न पाउने समय तोकेको छ ।

यसैगरी अनुमति लिएको व्यवसायीले अनुमति लिएको स्थान भन्दा बाहिर कारोबार गर्न नपाउने र अवैध कारोबार गर्न नपाउने सूचना उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *