• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीनपा ७ ले चुम्यो वडा स्तरीय खुल्ला कबड्डी प्रतियोगिताको उपाधि

Byभीमदत्त अनलाइन

२७ आश्विन २०७६, सोमबार १९:५७ २७ आश्विन २०७६, सोमबार १९:५७ २७ आश्विन २०७६, सोमबार १९:५७

महेन्द्रनगर, २७ असोज
भीमदत्त नगरपालिका वडा नं. ५ मा आयोजना गरिएको वडा स्तरीयि खुल्ला कबड्डी प्रतियोगिताको उपाधि भीनपा ७ ले हात पारेको छ । सत्यावदी माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रतियोगिताको फाइनलमा सोमबार भीनपा ७ ले भीनपा १८ लाई पराजित गरी उपाधि जितेको छ ।

फाइनलमा भीनपा ७ ले ७७ अंक र भीनपा १८ ले २२ अंक ल्याएका छन् । ती दुबै टीमले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा आयोजक भीनपा ५ र भीनपा ८ ले तेस्रो स्थान हासिल गरी ५÷५ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र पाएका छन् ।

प्रतियोगितामा भीनपा ७ का नरेश थापा अनुशासित खेलाडी, भीनपा ८ का सुरज देउपा उत्कृष्ठ डिफेन्टर, भीनपा ७ का निरज चन्द उत्कृष्ठ रेडर र भीनपा ६ का सरोज बोहरा उत्कृष्ठ अलराउण्डर प्लेयर बन्नु भएको छ ।

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले प्रतियोगितामा विजयी टीमहरुलाई नगद पुरस्कार सहित शिल्ड, प्रमाण पत्र र मेडल वितरण गर्नु भयो ।सो अवसरमा नगर उप प्रमुख चन्दले कबड्डी प्रतियोगिताले कबड्डी खेलको विकासमा सहयोग पुगेको उल्लेख गर्र्दै आगामी दिनमा यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । ‘यो प्रतियोगिताबाट कबड्डी खेलको विकासमा सहयोग पुगेको छ , खेलाडी उत्पादनमा टेवा पुगेको छ, यस प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिन आग्रह गर्छु’ नगर उप प्रमुख चन्दले भन्नु भयो । 

नगर उप प्रमुख चन्दको प्र्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । भीनपा ५ का वडा अध्यक्ष मदन बहादुर चन्दको अध्यक्षतामा गरिएके कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, सदस्य, प्रशिक्षक, खेलाडी, स्थानीय सहभागी भएका छन् ।

कार्यक्रममा वडा नं. ५ का कबड्डी खेलाडी, प्रशिक्षक लगायलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पशुपति चन्द (अनमी महाकाली अञ्चल अस्पताल), दिलिप खड्का, शरद चन्द, दिनेश पाल, देबेन्द्र श्रेष्ठ, रमेश चन्द लगायतका छन् ।

कञ्चनपुर जिल्ला कबड्डी संघका उपाध्यक्ष एवम् राष्ट्रिय निर्णायक रमेशचन्द्र ओझाले वडा स्तरीय कबड्डी प्रतियोगिताबाट कबड्डी खेलको विकासमा ठूलो सहयोग पुगेको बताउनु भयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा १६ टीमले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *