• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका डुबान प्रभावित वस्तीमा अनुगमन

Byभीमदत्त अनलाइन

२१ श्रावण २०७६, मंगलवार ११:५० २१ श्रावण २०७६, मंगलवार ११:५० २१ श्रावण २०७६, मंगलवार ११:५०

महेन्द्रनगर, २० साउन
भीमदत्त नगरपालिकाको डुवानमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको नेतृत्वमा वडा जनप्रतिनिधि सहित कार्यालयका कर्मचारी अनुगमन निस्किएका छन् । विहानैदेखि महेन्द्रनगर बजार, बागबानी, भगतपुर, भाँसी, सालघारी, बागफाँटा लगायतका क्षेत्रमा अनुगमन गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले कार्य वाहक नगर प्रमुख जोशीको नेतत्वमा डुवानमा परेको वस्तीको स्थलगत अनुगमन सुरु गरिएको बताउनु भयो ।
‘विहानदैखि अनुगनमा छौ, अहिलेसम्म बजार, भगतपुर, सालघारी, बागबानी, भाँसी लगायतका क्षेत्रमा अनुगमन गरिएको छ’ नगर प्रवक्ता पाण्डेयले भन्नु भयो ।

भीमदत्त नगरपालिकामा डुबानमा परेका सबै वडाका वस्तीमा अनुगमन गरिने नगर प्रवक्ता पाण्डेयले बताउनु भयो ।
मंगलबार विहान ३ः०० बजेदेखि परेको अविरल वर्षापछि महेन्द्रनगर बजार सहितका वस्ती डुबानमा परेका छन् । वर्षापछि भीमदत्त नगरपालिका भाँसीमा खोला नजिक एक घर धसिएको छ । भीनपा १८ बागबानीमा राधाकृष्ण मन्दिर पछाडि १२ घर डुबानमा परेका छन् । यसैगरी सालघारी क्षेत्रका अधिकाँश घर डुबानमा परेको नगर प्रवक्ता पाण्डेयले जानकारी दिनु भयो ।

अनुगमनमा कार्य वाहक नगर प्रमुख, नगर प्रवक्ता पाण्डेय, निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसी, वडा नं. ७ का अध्यक्ष शंकर बहादुर कुँबर, वडा सदस्यहरु नारद सुनार र प्रशान्त भट्ट सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *