महेन्द्रनगर, १५ भदौ
भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुको घुम्ती बैठक आइतबार महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) कटानमा बसेको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टको प्रमुख आतिथ्यमा गरिएको बैठकमा नगर क्षेत्रभित्रका शिक्षाका समस्याहरु छलफल गरिएको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सहकार्य र समन्वय गरी जाने बताउनु भयो ।
बैठकले भदौ २२ गते राष्ट्रिय साक्षरता दिवस मनाउने निर्णय गरेको छ । साक्षरता दिवस तयारीका लागि निङ्गलाशैनी माध्यमिक विद्यालयका प्रधानाध्याक भवानी पन्तको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा मदन बहादुर विष्ट, कृष्ण सिह साउँद सदस्य छन् ।
यसैगरी भदौ २९ गते बाल दिवस मनाउने सम्बन्धि छलफल गरिएको छ । बैठकबाट शिक्षासंग सम्बन्धित बेरुजु फस्र्यौट गर्ने निर्णय समेत गरिएको छ । बैठकले घुम्ती बैठकलाई निरन्तनरता दिने निर्णय गरेको छ । बैठकमा भीमदत्त नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशी लगायतका नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएका छन् ।