• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरको ऐतिहासिक काम : पश्चिमी नाकामा फहराए राष्ट्रिय झण्डा

Byभीमदत्त अनलाइन

१५ जेष्ठ २०७७, बिहीबार १९:५९ १५ जेष्ठ २०७७, बिहीबार १९:५९ १५ जेष्ठ २०७७, बिहीबार १९:५९

महेन्द्रनगर, १५ जेठ
नेपाल प्रवेशको पश्चिमी सीमा नाका गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराएको छ । १३ औं गणतन्त्र दिवसको अवसर पारी बिहीबार नेपालका सबै ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी पश्चिमी नाकामा झण्डोत्तोलन गरिएको छ ।

नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाकामा ७७ फिटको स्तम्भमा नेपाली झण्डा फहराएको छ । भीमदत्तका नगर नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह, र प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडा झण्डोत्तोलन गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी खतिवडाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रम गरिएको छ । झण्डोत्तोलनपछि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खतिवडाले पश्चिमी नाकामा राखिएको झण्डाले राष्ट्रको प्रतिनिधित्व गरिएको बताउनु भयो । ‘आज गणतन्त्र दिवसको दिन फहराएको यो राष्ट्रिय झण्डाले सिंगो राष्ट्रको प्रतिनिधित्तव गर्छ’ प्रमुख जिल्ला अधिकारी खतिवडाले भन्नु भयो,‘यो झण्डा हाम्रो मान, सम्मान र प्रतिष्ठा र गौरब हो ।’

विदेशिएकाले देशको माया राम्ररी अनुभूति गर्न सक्ने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले विदेशबाट घर फर्किएकाहरुले झण्डाको फेदमा बसेर थकाई मेट्न सक्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी खतिवडाले भीमदत्त नगरपालिकाले पश्चिमी नाकामा राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय पहिचानको संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आभार व्यक्त गर्नु भयो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झण्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप बलियो बनाउन सहयोग पुग्ने बताउनु भयो । ‘माटो जन्मभूमि बिस्र्यौ भने मुलुक बन्न सक्दैन, त्यसका लागि सबै हामीमा इच्छा र प्रतिवद्धता चाहिन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसैले यो झण्डाले विश्वभर एकताको सन्देश दिन्छ, राष्ट्रयताको सन्देश दिन्छ, राष्ट्रियता र पहिचानलाई सृदृढ बनाउन थप सहयोग पुग्छ ।’

कोरोना महामारीका कारण झण्डोत्तोलन कार्यक्रमलाई समान्य रुपमा गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले यो कार्यक्तमबाट देशभर भावानात्मक एकताको सन्देश प्रवाह भएको बताउनु भयो । नगर प्रमुख विष्टले नाकामा झण्डा फहराउन वडा कार्यालय सहित विभिन्न क्षेत्रका सरोकारवालाको सहयोग रहेको बताउनु भयो ।

भीमदत्त नगरपालिकामा गत गत वर्षदेखि झण्डा फहराउने कार्य सुरु गरिएको थियो । नगरपालिकाले झण्डासंगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ । गणतन्त्र दिवसको शुभकामना दिदैं नगर प्रमुख विष्टले कोरोना महामारी तेस्रो विश्वयुद्ध भन्दा पनि खतरनाक देखिएकाले सबैले एकजुट भएर सामना गर्नु पर्नेमा जोड दिनु भयो । ‘अहिले कोरोना जित्नु एक साथ जान आवश्यक छ, तेस्रो विश्वयुद्ध भन्दा पनि बढी यसको जोखिम छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यसमा शत्रु अदृष्य छ, हतियार केही छैन, त्यसैले लडाई पेचिला छ ।’

नगर प्रमुख विष्टले दार्चुलाका अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका सबै भूमि सम्मानपूवर्क फिर्ता हुनु पर्नेमा जोड दिनु भयो । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिहले कार्यक्रम स्वागत मन्तव्य राख्दै पश्चिमी नाकामा राष्ट्रिय झण्डा फहरिन सबैका लागि गौरब भएको बताउनु भयो । ‘आज ऐतिहासिक दिनमा झण्डा फहराइएको छ, झण्डा फहराउन सान र गौरबको कुरा हो’ नगर उप प्रमुख चन्दले भन्नु भयो ।

भीनपा ११ का अध्यक्ष प्रेम प्रसाद जैसीले नाकामा राष्ट्रिय झण्डा फहराउनु खुसीको कुरा भएको उल्लेख गर्दै नगरपालिकालाई छिटो पार्क बनाउनु माग गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, सशस्त्र प्रहरी उपरीक्षक बिर बहादुर शाहु, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यय, भीनपा १८ का अध्यक्ष एवम् नगर प्रवक्ता हिमाल बहादुर चन्द, कार्यपालिका सदस्य गीता ओली, भीनपाका प्रमु्ख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुभास अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *