• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरको पहलमा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना

Byभीमदत्त अनलाइन

२ भाद्र २०७६, सोमबार २०:३१ २ भाद्र २०७६, सोमबार २०:३१ २ भाद्र २०७६, सोमबार २०:३१

महेन्द्रनगर, २ भदौ
भीमदत्त नगरपालिकाका तीन वडाका वासिन्दाका लागि २८ करोड बढी लगानीको खानेपानी आयोजना निर्माणको सम्झौता भएको छ । भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा निर्माण हुने सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई आयोजनाका लागि नगर विकास कोष, भीमदत्त नगरपालिका, सहरी विकास खानेपानी आयोजना, सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र निर्माण कम्पनीबीच सोमबार काठमाडौंमा सम्झौता भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक मनिराम सिह महत, भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट, समितिका अध्यक्ष करबीर सिह ऐर र निर्माण कम्पनी उच्चाकोटी निर्माण कम्पनी प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षरपछि भीमदत्तका नगर प्रमुख विष्टले वडा नं. ८, ६ र १० का १० हजार भन्दा बढी वासिन्दा खानेपानी सुविधाबाट लाभावान्तित हुने बताउनु भयो ।
‘भीमदत्त नगरलाई समृद्ध नगर बनाउने लक्ष्य अनुसार नीति तथा कार्यक्रम बनाएका छौ, त्यस अन्र्तगत शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, कृषि, स्वरोजगार सबै पक्ष समेटिएका छन्’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यो आयोजनाबाट वासिन्दाले शुद्ध खानेपानी सेवा पाउँछन्, अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्छौ ।’

सिद्धनाथ खानेपानी आयोजना भीमदत्त नगरपालिकाको नगरको गौरबको आयोजना भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि सहकार्य गरिने बताउनु भयो । ‘यो आयोजना नगरको गौरबको आयोजना हो, अन्य वडामा पनि ठूला लगानीका खानेपानी आयोजना सञ्चालन गर्न सहकार्य र समन्वय गरी जान्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष ऐरले खानेपानी आयोजनाले वासिन्दाको वर्षौदेखिको चाहना पूरा भएको बताउनु भयो । ‘यो क्षेत्रका वासिन्दा वर्षौदेखि खानेपानी आयोजनाको माग गर्दै आएका थियौ, अहिले नगर प्रमुखज्यूको विशेष पहलमा यो आयोजना सञ्चालनका लागि सम्झौता भयो’ अध्यक्ष ऐरले भन्नु भयो, ‘यसका लागि मेयरसापलाई विशेष धन्यवाद दिन चाहन्छौ ।’

१८ महिनामा सम्पन्न हुने  गरी सम्झौता गरिएको आयोजनाको काम दुई साताभित्र सुरु गरिने अध्यक्ष ऐरले बताउनु
भयो । २८ करोड ५० लाखमा निर्माण हुने आयोजनाबाट तीन वडाका एक हजार सात सय ३० घरधुरीमा शुद्ध खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

आयोजनाका लागि नगर विकास कोषबाट ७ करोड १२ लाख ऋण र १९ करोड ९५ लाख सरकारको अनुदान छ । यसै गरी उपभोक्ताबाट लागत सहभागिता अन्र्तगत १ करोड ४२ लाख रकम संकलन गरिएको छ ।
आयोजनाका लागि उपभोक्ताबाट ५ प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । २० वर्षे अवधिका लागि डिजाइन गरिएको यो आयोजनाबाट सन् २०३९ मा २१ हजार वासिन्दा खानेपानी सेवाबाट लाभावान्तित हुने अनुमान गरिएको छ ।

खानेपानी आयोजना अन्र्तगत तीन ओटा इन्टेक, ४ सय ५० घन मिटर क्षमताको ओभरहेड टयाङ्की, खानेपानी प्रशोधन केन्द्र प्रेसर फिल्टर एक हजार ९८ मिटर लम्बाईको प्रसारण लाइन, ५२ हजार ९ सय ४ मिटर र तीन वडामा एक हजार ७ सय ३० घर परिवारमा निजी धारा वितरण लाइन निर्माण गरिने वित्तिय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

आयोजना सञ्चालनका लागि भीमदत्त नगरपालिका नगर प्रमुख विष्टले साना सहरी खानेपानी आयोजना र नगर विकास कोषसित पटक पटक पहल गर्नु भएको थियो । ‘यो आयोजना सञ्चालन गर्न सबै पक्षबाट सहयोग पाइयो, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यो आयोजना निर्माण पूरा भएर वासिन्दाले शुद्ध खानेपानी सुविधा पाउँदासम्म सबैको साथ र सहयोग पाउने आशा राखेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *