• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरको मातृ शिशु स्वास्थ्यमा सराहनी काम

Byभीमदत्त अनलाइन

१३ कार्तिक २०७६, बुधबार १८:३२ १३ कार्तिक २०७६, बुधबार १८:३२ १३ कार्तिक २०७६, बुधबार १८:३२

महेन्द्रनगर, १३ कार्तिक
गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा भीमदत्त नगरपालिका–१३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माउनु भयो । श्रीमान् रोजगारीका लागि भारतमा रहने हुँदा टाढाको अस्पताल जान सक्नु भएन । जोखिम भए पनि दुई शिशु घरमै जन्माएँ’ नेपालीले भन्नु भयो, ‘हाल गाउँ नजिकै शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सेवा सञ्चालन भएपछि तेस्रो शिशु सुरक्षित रुपमा जन्माउन पाएँ ।’

सुरक्षित सेवा र प्रोत्साहन भत्ताले दंग घरमै शिशुलाई जन्म दिँदा निकै कष्ट झेल्नु भएकी नेपाली प्रसूति केन्द्रमा सहज रुपमा शिशुलाई जन्म दिन पाइएकोमा खुसी हुनु हुन्छ । केन्द्रका स्वास्थ्यकर्मीको सल्लाहमा उनले नियमित गर्भ जाँच गराउनुका साथै केन्द्रमै शिशु जन्माएपछि यातायात र प्रोत्साहन रकम पाउँदा दंग भएका छन् । श्रीमानले कमाएको रकमले खाना जुटाउनै मुश्किल हुन्छ नेपालीले भन्नु भयो, ‘प्रसूति केन्द्रबाट पाइएको रकमले पोषिलो खाने कुरा खान पाइने भएको छ ।’ २४ घण्टे प्रसूति केन्द्रमा शिशुलाई जन्म दिने आमा र शिशुको स्वास्थ्य अवस्थाको स्थीति पत्ता लगाउनका लागि स्वास्थ्यकर्मीहरुले केद्रमै बोलाएर जाँच समेत गर्ने गरेका छन् ।

गाउँका ६० प्रतिशत बढी महिलाहरुले टाढाको अस्पताल जान नसक्दा विगतमा अशुरक्षित तरिकाले घरमै शिशुलाई जन्म दिँदै आएका थिए । हाल प्रसूति केन्द्र सञ्चालनले गर्भवती महिलाहरुले नियमित चेकजाँचसँगै प्रसूतिका लागि केन्द्रमा पुग्ने गरेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गत वर्ष सुरक्षित प्रसूती सेवा केन्द्र उद्घाटन गर्नु भएको थियो ।

रक्तअल्पता हुन नदिन र पोषिलो खानेकुराको व्यवस्था गर्नका लागि स्वास्थ्य कर्मीहरुले गर्भवती भएका महिला र उनका अभिभावकलाई सल्लाह दिने कार्य समेत गर्दै आएका छन् । जसका कारण आमा र शिशुको अवस्था सन्तोषजनक रहन थालेको छ। विगतमा पोषिलो खानेकुरा खानुपर्छ भन्ने चेतनाको अभावका कारण जन्मिने शिशुमा कुपोषणको समस्या अधिक थियो केन्द्रका स्वास्थ्यकर्मीले भने, ‘चेतनामा वृद्धिसँगै हाल त्यो समस्या हटदै गएको छ ।’

हाल नौ जना शिशुमा कुपोषणको समस्या देखा परेकामा उपचारात्मक औषधियुक्त खानाको माध्यमबाट उपचार गरी निको पारिएको छ । केन्द्रमा गत आबमा ९९ जना महिलाले प्रसूति सेवा लिएका थिए । २४ घण्टे प्रसूति सेवा चालु आबको हालसम्म ३५ जनाले प्रसूति सेवा लिएका छन् ।

सोही अवधिमा नियमित गर्भचेकजाँच गराउने महिलाको संख्या १९१ रहेकोमा चौथोपटक गर्भ चेकजाँच गराउने महिलाको संख्या १३४ रहेको केन्द्रका अनमि शिला सिंह चन्दले बताउनु भयो । वहाँका उनका अनुसार गत वर्ष प्रसूति सेवा लिनेमा दलित २१, ब्राम्हण क्षेत्री ६४, जनजातिका महिला ६ जना रहेका छन् । प्रसूति केन्द्रमा ५५ छोरा र ३६ छोरी जन्मिएका
छन् । जनप्रतिनिधि आएपछि डेढ वर्षअघि देखि नगरपालिकाको वडा नं १६ वसन्तपुरमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन भएसँगै २४ घण्टे प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो ।

शहरी स्वास्थ्य केन्द्रमा डेढ वर्षको अवधिमा १३ हजार ३३ बिरामीले सेवा पाएका छन् । केन्द्रबाट एक हजार ३१७ बच्चाले नियमित खोप पाएका छन्। पाँच बर्ष मूनिका श्वासप्रश्वासका विरामी ४३६, पाँच वर्षमुनिका झाडापखालाका बिरामी ४९९, क्षयरोगका बिरामी २० जनाको केन्द्रमा उपचार गरिएको छ । क्षयरोग लागेकामध्ये नौजना बिरामी निको भएका छन् । अन्य उपचारका क्रममा रहेका छन् । परिवार नियोजनका साधन वितरण केन्द्रबाट परिवार नियोजनका साधन पिल्स ६१ जना, डिपो १५८ जना, इम्पलान्ट २७ जना र कण्डम दुई हजार ४०० जनलाई वितरण गरिएको छ । केन्द्रबाट नगरपालिकाका वडा नं १२, १३, १४, १६ र १७ का बासिन्दाले सेवा लिँदै आएका छन् ।                           साभार : थाहा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *