• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरको राजश्व संकलनमा रेकर्ड

Byभीमदत्त अनलाइन

१३ आश्विन २०७६, सोमबार ११:५९ १३ आश्विन २०७६, सोमबार ११:५९ १३ आश्विन २०७६, सोमबार ११:५९

महेन्द्रनगर, १३ असोज
भीमदत्त नगरपालिकाले दुई महिनामा साढे ९ करोड आन्तरिक आम्दानी संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७६÷०७७ को साउन र भदौँमा मात्रै ९ करोड ४७ लाख, ५० हजार आन्तरिक राजस्व संकलन गरिएको हो । गत आर्थिक २०७५÷०७६ बर्षको तुलनामा भीमदत्त नगरपालिकाले ८ करोड १४ लाख, ८६ हजार ४८७ रुपैया बढि आन्तरिक आम्दानी गरेको छ ।

गत आर्थिक बर्षमा भीमदत्त नगरले एक करोड, ३२ लाख, ६३ हजार ६७७ रुपैया संकलन गरेको थियो । विभिन्न ५५ शिर्षकमा नगरपालिकाले दुई महिनामा ९ करोड २२ लाख, ९६ हजार ५१७ विवित र २४ लाख, ५३ हजार ६४४ रुपैया सम्पत्ती करमा संकलन गरेको छ ।

भीमदत्त नगरपालिकाको तथ्याङ्क अनुसार बहाल कर बाफत ५० लाख, ३४ हजार, ६७०, व्यवसाय कर ४ करोड, ४६ लाख, ९ हजार ६७४, पटके सवारी कर ३३ लाख, २८ हजार ५७६, जग्गा रजिष्ट्रेशन दस्तुर ४ करोड, १९ लाख, २३ हजार ६७, रोयल्टी बाफत १ करोड, ७६ लाख, २८ हजार, सवारी साधन पार्किङ्ग शुल्क ६० लाख, ५७ हजार, ७८१, विज्ञापन कर ३ लाख, ९५ हजार, ६४५, कवाडवाला सामान ठेक्का २४ लाख, ९६ हजार, ६४२, महाकालीमा माछा संकलन १० लाख, ४ हजार ८६४, भारतबाट आयात हुने माछाको ठेक्का २० लाख, ३७ हजार ९२३, शौचालय सेवा शुल्क १७ लाख, ४५ हजार, सरसफाई शुल्क १८ लाख, ४ हजार ७९०, इजाजत पत्र दर्ता÷नविकरण ५ लाख, ४० हजार, नक्सापास दस्तुर ५ लाख, १० हजार ६५२, घरबाटो प्रमाणित ४ लाख, ५० हजार, ८६४, टेण्डर फारम एक लाख ४८ हजार, अंग्रेजी रुपान्तर दस्तुर १ लाख, ८७ हजार, ८५४, पसल भाडा १३ लाख, ८८ हवार ३६७, दण्ड जरिवानाबाफत १ लाख, ४६ हजार ५९८ रुपैया संकलन गरिएको छ ।

चालु बर्षदेखि एकिकृत सम्पत्ती करमध्ये भूमी सम्बन्धी बुझाउनुपर्ने मालपोत करसहितका विभिन्न करका दायरा फराकिलो बनाएका कारण भीमदत्त नगरले दुई महिनामै गत बर्ष भन्दा ६ गुणा बढि आन्तरिक आम्दानी गरेको छ । भीमदत्त नगरपालिका राजस्व परामर्स समितिका सदस्य हिमालय चन्दले कर बृद्धि नभई करको दायरा बढाएकाले छोटो अवधिमै आन्तरिक आम्दानी बढि भएको बताउनु भयो । ‘कर तिर्नका लागि नागरिकमा अभिबृद्धि एवम् सचेतना कार्यक्रम सञ्चालन, करका दायरा विस्तार लगायतका कार्यक्रम ग¥यौ’ सदस्य चन्दले भन्नु भयो ।

असोजसम्म विभिन्न करमा छुटको व्यवस्था ल्याएको बताउँदै उनले थुप्रै प्रयासका बाबजुत आन्तरिक आय बढाउन सफल भएको बताउनु भयो । दुई महिना अनपेक्षित राजश्व संकलन गरिएपछि चालु आर्थिक वर्षमा ५० करोड राजश्व पुग्ने अनुमान गरिएको छ ।
स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख सुरेन्द्र विष्टले राजश्व संकलनलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्नु भएको थियो । नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचन अघिसम्म ५ करोड हाराहारीमा संकलन हुने राजश्वलाई पहिलो वर्ष १२ करोड पुगाउनु भएको थियो ।

भीमदत्त नगरपालिकामा राजश्व वृद्धिका लागि सबै वडामा करदाता शिक्षा कार्यक्रम सञ्चालन, करका दायरा वृद्धि, राजश्व प्रशासन सुस्त, वडाहरुमा शिविर सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिएको राजश्व परामर्श समितिका संयोजक नगर उप प्रमुख सुशिला चन्द सिहले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *