• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नेपालगञ्ज संक्रमणले थप संवेदनशिल हुनु पर्ने अवस्था आयो : मेयर विष्ट

Byभीमदत्त अनलाइन

२२ बैशाख २०७७, सोमबार १९:५६ २२ बैशाख २०७७, सोमबार १९:५६ २२ बैशाख २०७७, सोमबार १९:५६

महेन्द्रनगर २२ बैशाख
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपालगञ्जमा कोरोना भाइरस संक्रमति देखिएपछि रोकथाम र नियन्त्रणका लागि संवेदनशील हुनु पर्ने अवस्था आएको बताउनु भएको छ ।

भीमदत्त नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि पत्रकारहरुसित आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले नेपालगञ्जमा देखिएको संक्रमणले समुदाय स्तरमा फैलिने खतरा बढेकोले संवेदनशिल हुनु पर्ने बताउनु भयो ।

‘नेपालगञ्ज घट्नाले सामुदायिक स्तरमा जान सक्ने देखिएको छ, त्यस कारण अझै व्यवस्थित रुपमा रोकथाम र नियन्त्रणका कार्यक्रम गरिनु पर्ने आवश्यकता देखियो’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अब रोकथाम र नियन्त्रणका लागि व्यवस्थित योजना नबनाई हुँदैन ।’

विश्वव्यापारी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि औषधि बन्न नसकेको तथा लक्ष्मणहरु देश अनुसार फरक देखिएकाले सबैले एकजुट भएर लाग्नु पर्नेमा नगर प्रमुख विष्टले जोड दिनु भयो ।

नगर प्रमुख विष्टले खुला सीमाका कारण कारण भारत र नेपाल एक अर्को देशमा कोरोना पूर्ण रुपमा रोकथाम र निर्मूल नभएसम्म खतरामा रहने बताउनु भयो । ‘भारतमा पूर्ण रुपमा नियन्त्रण र उन्मूलन नभएसम्म नेपाल कोरोना मुक्त हुन सक्दैन, यसैगरी नेपालमा पूर्ण नियन्त्रण र उन्मूलन नभएसम्म भारत मुक्त हुन सक्दैन’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ख्ला सीमाका कारण दुबै देशलाई कठिनाई छ ।’

भारत सरकारले भीमदत्त नगरपालिकाबाट नजिक पर्ने नैनिता, बरेली र देहरादुन रेड जोनमा राखेकाले भीमदत्त नगरपालिका त्यहाँको अवस्था विश्लेषण गरी अघि बढेको नगर प्रमुख विष्टले बताउनु भयो ।

नगर प्रमुख विष्टले दुबै देशले कोरोना संक्रमण रोकथामका लागि गरेको सहमति अनुसार आपशी समन्वय र सहकार्यका आधारमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।‘लकडाउनपछि जो जहाँ छन्, त्यहीं बस्ने व्यवस्था मिलाउने सहमति गरिएको छ, नगर प्रमुख विष्टले भन्नु भयो,‘सहमति अनुसार अघि बढ्नु पर्छ, सहकार्य र समन्वय गरी जानु पर्छ ।’

कोरोना संक्रमण महामारी भावना पोखेर समाधान नहुने उल्लेख गर्दै नगर प्रमुख विष्टले भन्नु भयो,‘मानव जाति र मानव सभ्यता खतरामा छनु, यसलाई रोकथाम र नियन्त्रणका लागि भावनामा बगेर होइन, पूर्व तयारी र सतर्कता अपनाएर जानु पर्छ ।’


भीमदत्त नगरपालिका कोरोना संक्रमण रोकथामका लागि दुई महिनादेखि सक्रिय रुपमा लागेको उल्लेख गर्दै नगर प्रमुख विष्टले नगर क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन स्थानीय प्रशासनसित समन्वय गरी अघि बढेको बताउनु भयो । लकडाउनमा कालोबजारी, अवैध भण्डार, गोदामीकरण लगायतका गलत कार्य रोक्न नगरपालिका स्थानीय प्रशासनसित समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनु भयो ।

सहरको तुलनामा गाउँ वस्तीमा लकडाउनको पालना कमजोर देखिएको जन गुनासो आएकाले त्यसलाई व्यवस्थित गरिने नगर प्रमुख विष्टले बताउनु भयो । महेन्द्रनगर बजार सहित अन्य क्षेत्रमा शंकास्पद र संवेदनशील क्षेत्रमा कोरोना संक्रमणको आशंकामा सुक्ष्म निगरानी बढाएको नगर प्रमुख विष्टले बताउनु भयो । ‘मन्दिर मस्जिद लगायतका अन्य क्षेत्रमा सुक्ष्म रुपमा निगरानी भई रहेको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सुरुदेखि कार्यक्रम गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख विष्टले भन्नु भयो,‘लकडाउन भएको केही दिनमै भोकले पिडालु खाएको अपवाह फैलाईयो, यस्ता गलत सूचनाका विरुद्ध समेत सबैले सचेत हुन आवश्यक छ ।’

भीमदत्त नगरपालिकाले फागुन अन्तिम सातादेखि कोरोना रोकथाम र नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरेको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना रोकथामको प्रयास गरिएको थियो ।

भीमदत्त नगरपालिकाले केही दिनमा बस्ने कार्यपालिका बैठकबाट कोरोना संक्रमण रोकथाम सम्बन्धि छलफल गरी शिक्षा, स्वास्थ्य र रोजगारका योजनालाई प्राथमिकता दिइने बताउनु भयो । ‘अहिले लकडाउन छ, भारतबाट आउने तरकारी आयात रोकिएको छ, तर पनि आउनु पछ्र्र समेत भन्न थालियो’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अब भीमदत्त नगरपालिका उत्पादनमा जोड दिन चाहन्छ, बाझो खेतबारी नराखौ भनेर अभियान चलाउने सोच छ, सरकारी कार्यालयका खाली जमिन समेत प्रयोग आउनु पर्छ भनेर आग्रह गरिरहेका छौ ।’

कोरोना संक्रमण समुदाय स्तरमा फैलिने खतरातर्फ संकेत गर्दै नगर प्रमुख विष्टले घरदेखि घर र घरदेखि अन्त्येष्टि घाटसम्मको योजना समेत बनाउनु पर्ने बताउनु भयो । ‘घरदेखि मसानघाटसम्मको योजना किन भन्दैछु भने भोलि कोरोनाले मरेपछि मलामी पाउन सकिने अवस्था अवस्था छैन, त्यस कारण मलामी कति जाने, सवारी साधन कहाँबाट ल्याउने, स्वास्थ्यकर्मी कसरी परिचालन गर्ने लगायतका विषय समेटेर योजना बनाउनु पर्ने हुन्छ’ नगर प्रमु्ख विष्टले भन्नु भयो,‘नगरपालिका यो सहितका कुराहरु सोचेर रोकथाम र नियन्त्रणको योजना बनाउने सोच गरेका छौ ।’

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट लगायतका सहभागी कार्यक्रममा पत्रकारहरुले भीमदत्त नगरपालिका सीमा नाकाको सहर भएकाले कोरोना संक्रमण रोकथामका लागि संवेदनशिल भएर कार्य गर्नु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु दत्त अवस्थी, सचिव मोहन विष्ट, निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी, पूर्व उपाध्यक्ष अशोक प्रसाद पाण्डेय, प्रेस संगठन नेपालका सुदूरपश्चिम संयोजक राम सिह ठगुन्ना, पत्रकारहरु मदन गिरी, प्रेम भट्ट, ऐश्वर्या कुँबर, धर्मराज कठायत लगायतले आ–आफ्नो धारण राख्नु भयो । नगर प्रवक्ता चन्दले सञ्चालन गरेको कार्यक्रममा भीमदत्त नगरपालिकाका वातावरण विकास अधिकृत गणेश सिह ठगुन्नाले कार्यक्रम सञ्चालन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *