• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन

Byभीमदत्त अनलाइन

३१ श्रावण २०७६, शुक्रबार १८:५६ ३१ श्रावण २०७६, शुक्रबार १८:५६ ३१ श्रावण २०७६, शुक्रबार १८:५६

महेन्द्रनगर, ३१ साउन
भीमदत्त नगरपालिका वडा नं. १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गरिएका छन् । विद्यालयमा आधारभूत तहको कक्षा १ देखि ५ सम्म स्मार्ट कक्षा सञ्चालन गरिएका हुन् । विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कक्षा उद्घाटन स्मार्ट कक्षा उद्घाटन गरिएको छ । सिद्धनाथ माध्यमिक विद्यालयलाई नमूना सामुदायिक विद्यालय बनाउने लक्ष्य अनुसार स्मार्ट कक्षा सञ्चालन गरिएकका छन् । आगामी वर्षदेखि अन्य कक्षालाई समेत स्मार्ट कक्षा बनाइने लक्ष्य राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्मार्ट कक्षा सञ्चालनपछि विद्यालयमा चक, डस्टर र कालोपाटीको स्थानमा कम्युटर र इन्टरनेटबाट पठनपाठन हुने बताउनु भयो । ‘अब परम्परागत सामग्रीको प्रयोग हुँदैन, कम्प्युटर र इन्टरनेबाट पठनपाठन हुन्छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसंगै वृद्धि संख्या समेत वृद्धि हुन्छ ।’

स्मार्ट कक्षा सञ्चालनपछि विद्यार्थीहरुले कम्प्युटरको स्क्रिनमा र शिक्षकले स्मार्ट बोर्डमा स्क्रिन टच पेनले चलाउँदै अध्यापपन गराउने नगर प्रमुख विष्टले बताउनु भयो । भीमदत्त नगरपालिकाका ५५ सामुदायिक विद्यालयमध्ये सिद्धनाथ माध्यमिक विद्यालयबाट स्मार्ट कक्षा सञ्चालन गरिएको हो । नगरका सबै विद्यालयका विद्यालयलाई डिजिटल प्रविधिमिा लगिने नगर प्रमुख विष्टले बताउनु भयो । ‘नगरका सबै सामुदायिक विद्यालयलाई स्मार्ट कक्षा सञ्चालन गर्ने लक्ष्य हो, त्यस अनुसार जिमुवाबाट सुरुवात गरिएको छ’ नगर प्रमुख विष्टले बताउनु भयो ।


भीमदत्त नगरपालिका वडा नं. १० का अध्यक्ष प्रमानन्द जोशीले सिद्धनाथलाई नमूना विद्यालय बनाउने लक्ष्य अनुसार स्मार्ट कक्षा सञ्चालन गरिएको बताउनु भयो । ‘स्मार्ट कक्षा सञ्चालन गरी यो विद्यालयलाई नमूना बनाउन चाहन्छौ’ वडा अध्यक्ष जोशीले भन्नु भयो,‘वडाका अन्य विद्यालयलाई पनि स्मार्ट कक्षा सञ्चालनको लक्ष्य राखेका छौ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश विष्टको सभमापतित्वमा आयोजना गरिएको कार्यक्रममा वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द, लगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीय सहभागी भएका छन् ।
कार्यक्रममा वडा नं. १७ का अध्यक्ष चन्दले स्मार्ट कक्षा सञ्चालन कार्यक्रम नमूना कार्यक्रम भएको उल्लेख गर्दै यसलाई अन्य वडामा विस्तार गरिनु पर्नेमा जोड दिनु भयो ।

स्मार्ट कक्षाका सबै विद्यार्थीहरुलाई झोला वितरण गर्नु भयो । यसैगरी वडा नं. १० का अध्यक्ष जोशीले विद्यार्थीहरुलाई कापी र कलम वितरण गर्नु भयो । विद्यालयका प्रधानाध्यापक शेर बहादुर चौहानले सहभागीहरुलाई स्वागत गर्दै स्मार्ट कक्षा सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो ।‘विद्यालयमा शैक्षिक प्रगति र उन्नतिका लागि सहयोग गर्न हुने सबै व्यक्ति, संस्था, निकायमा हार्दिक आभार व्यक्त गर्दछौ’ प्रधानाध्यापक चौहानले भन्नु भयो, ‘आगामी दिनमा सहयोग र सहकार्यका लागि अपेक्षा राखेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *