• Sun. Jan 19th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तको नगर सभालाई सामाजिक विकासमन्त्री खड्का र पुर्वराज्यमन्त्री रावलले दिए शुभकामना

Byभीमदत्त अनलाइन

१० असार २०७८, बिहीबार १३:३० १० असार २०७८, बिहीबार १३:३० १० असार २०७८, बिहीबार १३:३०

महेन्द्रनगर १० असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको नवौँ नगर सभा सुरु भएको छ । बिहिबार औपचारिक कार्यक्रमपछि नगर सभा सुरु भएको हो ।
नगर सभाको उद्धघाटन शस्त्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लाल बहादुर खड्का, पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य प्रकास रावलले शुभकामना मन्तव्य राखेका छन् ।


शुभकामना मन्तव्यका क्रममा सामाजिक विकासमन्त्री खड्काले प्रदेश सरकारको अगामी बजेट कोरोना केन्द्रीत भएको बताउँदै नगरपालिकाले स्वास्थ्य क्षेत्रको प्राथमिकतासहितको विकासमा जोड दिनुभयो । उहाँले समग्र नगरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


त्यस्तै पुर्व राज्यमन्त्री रावल भीमदत्त जिल्लाकै अब्लल स्थानीय तह भएकोले अन्य पालिकाका लागि पनि मार्ग दर्शकको रुपमा रहेको बताउनु भयो । उहाँले नगर विकासका लागि पुर्वाधार निर्माण, फोहोरमैलाको व्यवस्थापन, नगर विकास कामलाई सुचारु गर्नुपर्ने लगायतका विषयमा जोड दिनुभयो ।

नगर प्रमुखको अध्यक्षमा सुरु भएको नगर सभामा नगर उपप्रमुख सुशिला चन्द सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलपछि सभा सदस्यबाट पारित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *