महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सुरु भएको छ । शनिबार नगरपालिकाको नगर सभा सुरु भएको हो ।
सभामा २१ वडा विधेयक पेस गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रवत्ता हिमाल चन्दले शनिबार सभामा २१ वटा विधेयक पेस भएको बताउनु भयो ।
‘सभामा विधेयक पेस भएका छन् ।’ नगर प्रवत्ता चन्दले भने ‘सभा सदस्यहरुले विधेयक अध्ययन गर्नु हुन्छ, उहाँहरुको दिएको सुझाव अनुसार त्यसमा आवश्यक संशोधन र परिमार्जन गरि विधेयक पास हुन्छन् ।’ सभा पुनः १८ गतेका लागि बोलाईएको छ ।
उहाँका अनुसार भिमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धी विधेयक, न्यायिक समिति सम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजि साझेदारी, एफएम रेडियो सञ्चालन, कृषीलगायतका विधेयकहरु सभामा पेश भएका छन् ।
नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको सभामा संघिय महिला तथा सामाजिक विकास समितिकी सभापति निरु पालले सम्बोधन गर्नु भएको थियो ।