महेन्द्रनगर १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नवौँ नगर सभा सुरु भएको छ । बिहिबार औपचारिक कार्यक्रमपछि नगर सभा सुरु भएको हो ।
नगर सभाको उद्धघाटन सस्त्रमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लाल बहादुर खड्का, पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य प्रकास रावलले शुभकामना मन्तव्य राखेका छन् ।
उहाँहरुले समग्र नगरको विकास जन अपेक्षा अनुरुपको नीति तथा कार्यक्रममा जोड दिदैँ प्रदेश सरकारबाट पुर्ण सहयोग र सहकार्य रहने प्रतिवद्धता समेत जनाएको छन् ।
नगर प्रमुखको अध्यक्षमा सुरु भएको नगर सभामा नगर उपप्रमुख सुशिला चन्द सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।
आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलपछि सभा सदस्यबाट पारित हुनेछ ।