• Fri. Nov 8th, 2024

भीमदत्तको पूर्वाधारमा फड्को : उत्तरमा धार्मिक र दक्षिणमा पर्यटन मार्ग

Byभीमदत्त अनलाइन

१४ कार्तिक २०७६, बिहीबार १४:०३ १४ कार्तिक २०७६, बिहीबार १४:०३ १४ कार्तिक २०७६, बिहीबार १४:०३

महेन्द्रनगर, १४ कार्तिक
भीमदत्त नगरपालिकामा विकास निर्माणका झण्डै दुई सय योजना सम्पन्न गरिएका छन् । गत आर्थिक वर्षमा ठेक्का र उपभोक्ता समितिबाट ती योजना सम्पन्न गरिएका छन् । त्यसमा ठेक्कबाट ५८ र उपभोक्ता समितिबाट १ सय ३३ योजना सम्पन्न गरिएका छन् ।

नगर गौरबका योजनालाई गत वर्ष पनि निरन्तरता दिइएको छ । चुरे फेदको धार्मिक पर्यटकीय मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, बाहिर र भित्री चक्रपथ, झोलुङ्गे पुलमा पार्क निर्माण लगायतका योजना नगर गौरबका योजनामा राखिएका छन् ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख सुरेन्द्र विष्टले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्माण गरी नगरको विकास निर्माणलाई अघि बढाउनु भएको हो । पहिलो नगर सभाबाट योजनाबद्ध विकासका लागि विभिन्न योजनाहरु पारित गरिएका थिए ।

दिगो विकासका लागि अल्पकलिन, मध्यकालिन र दिर्घकालिन योजनाका साथ नगर विकासका योजनाहरु सञ्चालन गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । ‘शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात, जनजीविका सबै क्षेत्रको विकासलाई प्राथमिकता दिएर अघि बढेका छौ, दिगो विकासका धारणालाई आत्मसात गरी अघि बढेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाका आधारमा अघि बढेका छौ ।’ नगर प्रमुख विष्टले नगरको विकासका लागि गुरु योजना बनाउने कार्य सुरु गरिएको बताउनु भयो ।

किसानहरुलाई सिँचाई सुविधाका लागि विभिन्न वडामा एक सय ३० सिँचाई बोरिङ्ग जडान गरिएका छन् । यसका लागि नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालय, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम साझेदारी गरिएको छ । यस बाहेक नगरपालिकाको एकल लगानीमा समेत सिँचाई बोरिङ्ग जडान गरिएका छन् ।

महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण सुरु गरिएको छ भने नगरपालिका कार्यालय, स्थानीय पार्क, महाकाली अस्पताल, कबर्ड हल, वसपार्क, मदन चोक र स्मारकमा फ्रि वाइफाई जडान गरिएको छ । नगरका सबै वडालाई सडक सञ्जालबाट जोड्नका लागि नगर चक्रपथ निर्माण सुरु गरिएको छ । गत वर्ष चक्रपथको डीपीआर तयार गरी निर्माण सुरु गरिएको छ । बाहिरी चक्रपथ ८२ किलोमिटर र भित्री चक्रपथ २२ देखि २६ किलोमिटरको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनार निर्माण गरिएको शुक्लाफाँटा पर्यटन मार्गको स्तरोन्नति गरिएको छ । झण्डै २० किलोमिटर लम्बाईको यो मार्गबाट झोलुङ्गे पुल बागफाँटा एक आपशमा जोडिने छन् । उत्तरी क्षेत्रको धार्मिक पर्यटकीय मार्ग र दक्षिणको शुक्लाफाँटा पर्यटन माग दुबैलाई जोडेर बाह्य चक्रपथ बनाउन लागिएको हो । १५ किलोमिटर लम्बाईको धार्मिक पर्यटकीय मार्ग ११ देखि २२ मिटर चौडा छ ।

भीमदत्त नगरपालिकाको इतिहासमा पहिलो पटक महाकाली नदीमा साहसिक जलयात्रा र धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन गरिएको छ । म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धर सहभागी हुनु भएको थियो । कुहिने फोहरबाट ग्याँस उत्पादनका लागि नगरपालिका हाताभित्र प्लान्ट जडान गरिएको छ । झोलुङ्ग पुलमा पिकनिक पिकनिक स्पट र उद्यान निर्माण कार्य सुरु गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ३ र १४ मा पार्क निर्माण गरिएको छ भने वडा नं. १ मा पिकनिक स्थल र विश्राम घर निर्माण गरिएको छ । बाराकुण्डामा ताल पुनःभरण गरी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । नगर क्षेत्रका विपन्न समुदायका परिवारलाई बायोग्याँस निर्माणका लागि अनुदान र दलित समुदायका परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ ।

भीमदत्त उज्यालो कार्यक्रम अन्र्तगत वडाहरुमा सडक बत्ती जडान गरिएको छ भने पूर्वाधार क्षेत्र विकास साझेदारी कार्यक्रम अन्र्तगत वसपार्क क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वासिन्दाको बालीनाली जोगाउन मेस वायर लगाउने कार्य सुरु गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला र भवन निर्माण गरिएका छन् । यसैगरी दुई विद्यालयलाई छात्राबास व्यवस्थापनका लागि अनुदान समेत प्रदान गरिएको छ । भीनपा वडा नं. १ बाराकुण्डामा रौटेलामा १९ फिटको त्रिशुल राखिएको छ ।

भीनपा वडा नं. ५ मा किरियापुत्री भवन, वडा नं. ९ मा नाथ गिरीहरुको घाट स्थलमा विश्राम स्थल निर्माण गरिएको छ ।
बागफाँटा र ब्रह्मदेबमा गौशाला निर्माण गरी छाडा पशु चौपाया व्यवस्थापन गरिएका छन् । महाकाली अस्पतालको शव गृह मर्मत र शव राख्खका लागि मर्करी चेम्बर दिइएको छ ।

नगरपालिकाले वडा कार्यालय र नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि डिपीआर तयार गरेको छ । चालु आर्थिक वर्षमा केही वडा कार्यालयको भवन निर्माण सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कालिताल झरनाको बाटो निर्माण गरिएको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत मटेना झिलमिला सडकमा कालोपत्रे गरिएको छ । ताराकोटदेखि तालसम्म पूर्वाधार क्षेत्र विकास साझेदारी कार्यक्रम अन्र्तगत पदमार्ग निर्माण गरिएका छन् ।

भीनपामा सबैभन्दा बढी बाढी जोखिमयुक्त वस्ती श्रीलंका टोलमा रेडक्रस सोसाइटीसितको सहकार्यमा कल्भर्ट निर्माण गरिएको छ । श्रीलंकामा खानेपानी योजना निर्माण कार्य सुरु गरिएको छ । भीनपा वडा नं. ८ मा धार्मिक पर्यटकीय मार्गमा पार्क निर्माण सुरु गरिएको छ । यसैगरी वडा नं. ८ र ९ मा खेल मैदान निर्माण गरिएका छन् ।

सघन सहरी विकास कार्यक्रम अन्र्तगत आधुनिक वसपार्क निर्माण गरिएको छ । धार्मिक र पर्यटकीय स्थल झिलमिला र शिवधाम क्षेत्रको गुरु योजना निर्माण गरिएको छ । नगरपालिकाले भौतिक पूर्वाधारतर्फ ढल तथा नाली निर्माण, सडक ग्राभेल, सडक कालोपत्रे, कल्भर्ट र नयाँ बाटो निर्माण लगायतका कार्यहरु गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *