• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्त नगरपालिकाको मेयर गाउँघर स्वास्थ्य शिविरबाट दुई हजार बढी वासिन्दा लाभावान्तित

Byभीमदत्त अनलाइन

२० माघ २०७६, सोमबार १६:०९ २० माघ २०७६, सोमबार १६:०९ २० माघ २०७६, सोमबार १६:०९

महेन्द्रनगर, १९ माघ
भीमदत्त नगरपालिकाको मेयर गाउँघर स्वास्थ्य शिविर कार्यक्रमबाट दुई हजार वासिन्दा लाभावान्तित भएका छन् । भीमदत्त नगरपालिकाको ४२ वर्ष प्रथम स्थापना दिवसको अवसरमा माघ २ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

ब्रह्मदेब खल्लाबाट सुरु गरिएको शिविर नगरपालिकाका विभिन्न वडाका १० स्थानमा सञ्चालन गरिएको हो । शिविरबाट दुई हजार ४४ वासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । यसैगरी ४ सय ३७ जनालाई प्रयोगशाला सेवा र १ सय ५४ जनालाई सुरक्षित मातृत्व परिवार नियोजन सेवा लिएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले माघ २ गते खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । खल्लामा पहिलो दिन शिविरबाट १ सय २ जनाले सेवा पाए । वडा नं. ९ को महाकाली आधारभूत विद्यालय तुमडानीमा २ सय २१, बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय मटैनामा २ सय ७६, वडा नं. १० को युवा वर्ष माध्यमिक विद्यालय तिल्केनीमा ३ सय १० र वडा नं. १ जेसिस माध्यमिक विद्यालय राजीपुरमा १ सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

भीनपा ५ स्थित कालिका आधारभूत विद्यालयमा शिविरबाट २ सय १, भीनपा ७ बालजागृति आधारभूत विद्यालय ३ सय २, भीनपा १२ ऐरी वि.पि. आधारभूत विद्यालय १सय १६, भीनपा १३ बैजनाथ विद्या निकेतन १ सय ५५ र भीनपा १९ बागफाँटाको पञ्चकृत माध्यमिक विद्यालयमा १ सय ७६ स्थानीयले सेवा पाए ।

शिविर स्वास्थ्य जाँच गरिएका स्थानीयलाई औषधि समेत वितरण गरिएको छ । शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरिएका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले संवैधानिक व्यवस्था अनुसार नगर वासिन्दाको स्वास्थ्य अधिकार ग्यारेन्टीका लागि शिविर सञ्चालन गरिएको बताउनु भयो ।

‘संविधानमा नै स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ, भीमदत्त नगरपालिका संविधानको व्यवस्था अनुसार सबै नगर वासिन्दासम्म स्वास्थ्य सेवा पुगाउन चाहन्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ त्यस अनुसार सबै वासिन्दालाई सेवा पुगाउन शिविर कार्यक्रम सञ्चालन गरिएको छ, नगरका सबै वासिन्दालाई पुग्ने गरी सबै वडामा शिविर चलाउँछौ ।’

भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले शिविरमा चिकित्सकहरुल स्वास्थ्य जाँचमा सहयोग गरेको बताउनु भयो । महाकाली अस्पतालका चिकित्सक धिरज जोशी र गोविन्द रोकाया लगायतले शिविरमा सहयोग गर्नु भएको छ ।

स्वास्थ्य तथा सरसफाई उप शाखाका अनुसार माघ ४ गते भीनपा ९ को तुमडानी, ५ गते भीनपा ९ कै मटेना, ९ गते तिल्केनी, १० गते राजीपुर, ११ गते ऐठपुर, १४ गते हल्दुखाल, १५ गते ओदाली, १६ गते पिपरैया र १७ गते बागफाँटामा मेयर गाउँघर स्वासथ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो । भीमदत्त नगरपालिकाले पहिलो पटक माघ ७ गते स्थापना दिवस मनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *