• Fri. Nov 8th, 2024

भीमदत्तको विपद् व्यवस्थापन कोषमा काँग्रेस नगर सभापति अवस्थीको सहयोग

Byभीमदत्त अनलाइन

२० बैशाख २०७७, शनिबार १९:०५ २० बैशाख २०७७, शनिबार १९:०५ २० बैशाख २०७७, शनिबार १९:०५

महेन्द्रनगर २० बैशाख
नेपाली काँग्रेस भीमदत्त नगरपालिका सभापति पदमराज अवस्थीले कोरोना भाइरस संक्रमण रोकथामका लागि भीमदत्त नगरपालिकालाई सहयोग गर्नु भएको छ ।

नगर सभापति अवस्थीले शनिबार भीमदत्त नगरपालिकाले कोरोना रोकथामका लागि स्थापना गरेको विपदु व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नु भएको छ ।

नगरपालिका कार्यालयमा नगर सभापति अवस्थीले नगर प्रमुख सुरेन्द्र विष्टलाई नगद ५ हजार ५ सयको चेक हस्तान्तरण गर्नु भयो । भीनपाका नगर उप प्रमुख सुशिला चन्द सिह लगायतको उपस्थितमा चेक हस्तान्तरण गरिएको छ ।

चेक हस्तान्तरणका क्रममा नगर प्रमुख विष्टले कोरोना महामारीका रोकथामका लागि सहयोग गरेकोमा नगर सभापति अवस्थीलाई धन्यवाद दिर्दै आभार व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *