महेन्द्रनगर २६ बैशाख ।
कोरोना भाईरसको महामारीसँगै संक्रमण बढ्दै गएपछि संक्रमीतलाई अक्सीजन अभाव देखिएको छ । विभिन्न दाताहरुको सहयोगमा महाकाली अस्पतालमा अक्सीजन आपुर्ती भईरहेको भएपनि त्यसको दिर्घकालिन विकल्प खोज्नुपर्ने आवश्यकता खट्कीदो छ ।
सोही कुरालाई मध्य नजर गदैँ भीमदत्त नगरपालिकाले कोरोना रोमथाम तथा नियन्त्रणका लागि गठित निर्देशन तथा समन्वय समितिले जिम्मेवारी तोकेका सरोकारवाला निकाय सँग छलफल गरेको छ ।
नगर प्रमुखु सुरेन्द्र विष्टको अध्यक्षतामो आईतबार महाकाली अस्पतालमा अक्सीजन प्लान्ट स्थापनाका लागि सरोकारवाला निकायसँग छलफल गरिएको हो ।
कार्यक्रममा कोरोना संक्रमितको उपचारका लागि अक्सीजन आपुर्ती गर्ने र सँगसगै दिर्घकालिन व्यवस्थापनका लागि प्लान्ट पनि स्थापना गर्न सरोवारवाला निकायले बैठकमा जोड दिएका छन् ।
उद्योग वाणिज्य संघ, महाकाली अस्पताल, निजि तथा सहकारी क्षेत्र र नागरिक समाज लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबिच भएकोे छलफलमा नियमित अक्सीजन आपुर्ती र दिर्घकालिन व्यवस्थापनका लागि प्लान्ट स्थापना गर्न सम्बद्ध सरोकावाला निकायले नगरपालिकालाई सुझाव दिएका हुन ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदक्त जोशी(बोक्सर)ले अक्सीजन प्लान्ट स्थापना नभई नहुने अवस्था आएको बताउनु भयो । उहाँले प्रदेश सरकारबाट प्रतिवद्धता अनुसार बजेट नआएको दुखेसो समेत गर्नुभयो । महाकाली अस्पताललाई प्रदेश सरकारबाट अहिले ३० लाख रुपयाँ मात्रै बजेट आएको छ ।
अस्पतालले आन्तरिक श्रोतबाट नै पिसिआर परिक्षणका लागि आफै जनशक्ती व्यवस्थापन र ल्याब सञ्चालन गर्नु परिरहेको उहाँले बताउनुभयो । परिक्षणका लागि बजेट व्यवस्था नहुदाँ अस्पतालले एक हजार रुपयाँ शुल्क लिनु पर्ने बाध्यता आई परेको उहाँको भनाई छ ।
अस्पतालको टिम संक्रमतिको उपचार मै सिमित भएकाले छुट्टै टिम बनाएर नै अक्सीजन प्लान्ट स्थापना गर्नु पर्ने उहाँको सुझाव छ । त्यस्तै महाकालीलाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्नुपर्ने भएकाले सबैको सहयोग आवश्यक रहेको उहाँको धारणा छ ।
त्यस्तै अस्पतालका प्रमुख मे.सु हरिकुमार श्रेष्ठले अक्सीजन प्लान्ट स्थापनाका लागि सरकारी प्रक्रिया अनुसार जाँदा लम्बिने भएकाले छुट्टै टिम र कोष स्थापना गरि निर्माण कार्य गर्ने र पछि अस्पताललाई हस्तान्तरण गर्ने गरि अगाडी बढ्नु पर्ने बताउनु भयो । साथै सबैको योगदानले अस्पताल बन्ने भएकाले सबैको योगदानको उचित मुल्याङकन हुनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जङ्ग बहादुर मल्लले अक्सीजन प्लान्ट स्थापनाका लागि नगरपालिकाले गरेको छलफल सराहनीय भएको बताउँनु हुदँै निजि क्षेत्र सहयोग र लगानीका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको विषय परिस्थितीमा निजि क्षेत्र आफ्नो भुमीबारे सजक रहेको बबताउनु भयो । अक्सीजन प्लान्ट स्थापना हरेक जिल्लाबासीको अपनत्व हुने गरि काम गर्न उहाँले सुझाए । आम जिल्लावासीबाट सहयोग वा लगानी संकलन गरि कोष स्थापना गर्ने र सोही कोषबाट प्लान्ट स्थापना गर्नुपर्ने उहाँको धारणा छ । साथै सरकारी स्वामित्वमा निजि क्षेत्र पार्टनरसिप बनेर पनि प्लान्ट स्थापनाका लागि बजेट जुटाउन तयार रहेको अध्यक्ष मल्लले धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ समाजसेवी लिलाध्वोज बस्नेतले पनि अक्सीजन आपुर्तीसँगै दिर्घकालिन व्यवस्थापनका लागि प्लान्ट स्थापनाको कामसँगसँगै लैजानु पर्ने बताउनु भयो । उहाँले नागरिक स्तरबाट आफुहरुले सहजीकरणको भुमीका निर्वाह गर्न तयार रहेको बताउँनु हुदँै फाष्ट ट्रयाकबाट भएपनि प्लान्ट निर्माण कार्यमा ढिलासुस्ती नगर्न आग्रह गुर्नभयो ।
साथै उहाँले कुनै दिन रिफर सेन्टरको रुपमा चिनिएिको महाकाली अस्पताल अहिले व्यवस्थीत बन्दैँ गएको उल्लेख गदैँ दृढ ईच्छा शक्ती र संकल्पका साथ अघि बढे सफल भईने धारण राख्नु भयो ।
त्यस्तै नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले नगरिपालिका दिर्घकालिन सोचका साथ अघि बढेको धन्यवाद ज्ञापन गुर्न भयो । उहाँले गत वर्ष भीमदत्त नगरपालिको खरिद गरेको पिसिआर मेसिनले अहिले परिक्षणका लागि धनगढी रिर्पोट पठाउनु पर्ने बाध्यता हटेको स्मरण गर्नु भयो ।
उहाँले अक्सीजन प्लान्ट स्थापना तत्काल अगाडी बढाउनु पर्ने आवश्यकता रहेकाले नागरिक समाज आवश्यक जिम्मेवारी लिन तयार रहेको समेत बताउनु भयो । साथै सरकारी पक्रियाबाट जाँदा प्लान्ट निर्माणले समय लिन सक्ने बताउँदै उहाँले छुट्टै संयन्त्रमार्फत प्लान्ट निर्माण गर्नु सुझाव दिनु भयो ।
आवश्यक परे होटलहरुलाई पनि आईशोलेसनका रुपमा प्रयोग गर्न दिन व्यवसायीहरु तयार रहेको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले प्रतिवद्धता जनाउनु भयो । उहाँले पनि अक्सीजन प्लान्ट स्थापना अत्याआवश्यक भईसकेकोले शिघ्र रुपमा काम पक्रिया अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै युवा व्यवसायी तेज बहादुर चन्दले प्लान्ट स्थापनाका लागि निजि क्षेत्र आवश्यक लगानी र सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले निजि क्षेत्र ऋण सहयोग तथा शेयरका रुपमा पनि प्लान्ट स्थापनाका लागि योगदान गर्न ईच्छुक रहेको बताउनु भयो ।
जिल्ला बहुउद्देश्यीय संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाटले पनि प्लान्ट स्थापनामा ढिलाई नगर्न सुझाव दिदैँ सहकारी क्षेत्र ५० लाख लगानी गर्न प्रतिवद्ध रहेको बताउँनु भयो ।
‘सहकार्यका लागि नगरपालिका तयार छ’ : नगर प्रमुख विष्ट
नगर प्रमुख सुरेन्द्र विष्टले अक्सीजन प्लान्ट स्थापनाका लागि सबै क्षेत्रसँगको सहकार्यमा अघि बढ्न नगरपालिका तयार रहेको बताउनु भएको छ ।
आईतबार सरोकारवाला निकायसँगको बैठकमा उहाँले प्लान्ट स्थापनाका लागि नगरपालिका पुर्ण रुपमा लागेको उल्लेख गदैँ जिउज्यान रक्षाका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले नगरपालिकाले प्लान्ट स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माण गर्न कुनै अभाव हुन दिने पक्षमा नरहेको स्पष्ट पार्नु भयो । ‘अहिले विकास भन्दा पनि मानव जीवन जोगाउनु पर्ने आवश्यकता छ ।’ उहाँले भन्नु भयो ‘नगरपालिकाले आवश्यक परे रकमान्तरण गरेर पनि नगरवासी ज्यान जोगाउँछ, त्यसमा हामी कुनै कसर बाँकी राख्दैँनौ ।’
साथै उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला निकायलाई विभिन्न जिम्मेवारी बाँटफाड गरिने समेत बताउँनु भयो । साथै विषय परिस्थीती सामना गर्न नगरवासीको सहयोग महत्वपुर्ण रहेने बताउँदै उहाँले नगरवासीलाई स्वास्थ्य सुरक्षामापदण्ड, नागरिक आचारसंहिता र निशेधाज्ञाको पुर्ण पालन गर्न समेत आग्रह गर्नु भयो ।